रुस र इरानद्वारा ‘नजिकको’ विश्व दृष्टिकोणको प्रशंसा

अस्गाबात (तुर्कमेनिस्तान)- रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र इरानी राष्ट्रपति मसुद पेजेश्कियानले शुक्रबार विश्व मामिलामा आफ्ना ‘नजिकको’ दृष्टिकोणको प्रशंसा गरेका छन् । पुटिनले तेहरानसँगको सम्बन्ध मस्कोका लागि ‘प्राथमिकता’ भएको बताए ।
दुवै नेताले मध्यपूर्वमा तनाव बढ्दै गएको बेला विश्वको सबैभन्दा गोप्य मुलुकमध्ये एक तुर्कमेनिस्तानमा बैठक गर्नुभयो । इजरायलले लेबनानको राजधानी बेरुतमा हवाई आक्रमण गर्दै इरान समर्थित लडाकू समूह हिजबुल्लाहलाई लक्षित गरेको बताएको छ ।
पश्चिमी प्रतिबन्धअन्तर्गत दुवै रुस र इरानबीचको सम्बन्ध क्रेमलिनले सन् २०२२ मा युक्रेनमा सैनिक पठाएपछि व्यापक रूपमा बलियो भएको छ । । तेहरानले मस्कोलाई हतियार आपूर्ति गरिरहेको व्यापक रूपमा विश्वास गरिन्छ ।
“इरानसँगको सम्बन्ध हाम्रा लागि प्राथमिकता हो, यो धेरै सफलतापूर्वक विकास भइरहेको छ”, पुटिनले भने, “हामी अन्तर्राष्ट्रिय मञ्चमा सक्रिय रूपमा सँगै काम गरिरहेका छौँ र विश्वका घटनाहरूबारे हाम्रा दृष्टिकोणहरू प्राय धेरै नजिक छन् ।”
पेजेश्कियानले दुई मुलुकबीचको सम्बन्ध ‘इमान्दार’ भएको बताए । “अन्तर्राष्ट्रिय मञ्चमा हाम्रा स्थितिहरू समान छन्”, उनले भने । उनले मध्यपूर्वको स्थिति ‘कठिन’ भएको उल्लेख गर्दै अमेरिका र युरोप स्थिति शान्त होस् भन्ने नचाहने बताए ।
एउटा रुसी राज्य टेलिभिजन रिपोर्टरले प्रकाशित गरेको छोटो भिडियोमा पेजेश्कियानले इजरायललाई नागरिकहरूमाथि बम बर्साएको र पश्चिमी शक्तिहरूबाट समर्थित भएको आरोप लगाए ।
दुवै नेताले मध्य एशियाली मुलुक तुर्कमेनिस्तानमा एउटा क्षेत्रीय शिखर सम्मेलनमा पहिलोपटक भेट गरिरहेका छन् । क्रेमलिनले पहिले नै दुवै मुलुकले आपसी सम्बन्धका साथै मध्यपूर्वको स्थितिबारे छलफल गर्ने बताएको थियो ।
पेजेश्कियानले यसै महिनाको अन्त्यमा नयाँ ब्रिक्स शिखर सम्मेलनमा भाग लिन रुसको भ्रमण गर्दा पुटिनसँग वार्तासमेत गर्नेछन् । (एएफपी)

ब्रह्माण्डको अन्त्यबारेमा वैज्ञानिकहरूको यस्तो खुलासा

अमेरिकी सर्वोच्च अदालतले आप्रवासी निष्कासन गर्न लगायो रोक, ट्रम्प आक्रोशित
हङकङ र सिंगापुरमा देखियो कोरोना १९ को नयाँ भाइरस, यसवर्षको नै उच्च

पपुवा न्यूगिनीमा पोलियो प्रकोप ‘आउट ब्रेक’ : डब्लुएचओ

गाजामा मारिनेको संख्या ५३ हजार नाघ्यो
अस्ट्रेलियाको बेरोजगारी दर ४.१ प्रतिशतमा स्थिर

भारतले कर नबढाउने प्रस्ताव गरेको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ

प्रतिक्रिया