चीनमा वृद्धवृद्धाका लागि सहयोगी सेवा सुरु

बेइजिङ- चीनको राजधानी बेइजिङमा ८० वर्ष वा सोभन्दा माथिका वृद्धवृद्धा नागरिकका लागि लक्षित गरी नयाँ सहयोगी उपायहरू सुरु गरेको छ ।
यस अन्तर्गत सेवा सुधार, चिकित्सा सेवा आपूर्ति सुधार, थप २० सेवाहरू समावेश छन् ।
सिभिल अफेयर्स ब्यूरोका उपप्रमुख गुओ हान्कियाओले भने, “ यो उपायहरू मुख्यतया सहरका ८० वर्ष र माथिका वृद्ध व्यक्तिहरूलाई लक्षित गरीएको छ । यस अन्तर्गत शारीरिक वा संज्ञानात्मक रूपमा अपाङ्गता भएकाहरू पनि समावेश रहेका छन् ।”
बेइजिङमा हाल ८० वर्ष वा सोभन्दा माथि उमेर समूहका छ लाख ९८ हजार नागरिक छन्, जसमध्ये एक लाख ६३ हजार छ सय जनाले आफ्नो हेरचाह गर्ने क्षमता गुमाएका छन् । सिन्ह्वा)

ब्रह्माण्डको अन्त्यबारेमा वैज्ञानिकहरूको यस्तो खुलासा

अमेरिकी सर्वोच्च अदालतले आप्रवासी निष्कासन गर्न लगायो रोक, ट्रम्प आक्रोशित
हङकङ र सिंगापुरमा देखियो कोरोना १९ को नयाँ भाइरस, यसवर्षको नै उच्च

पपुवा न्यूगिनीमा पोलियो प्रकोप ‘आउट ब्रेक’ : डब्लुएचओ

गाजामा मारिनेको संख्या ५३ हजार नाघ्यो
अस्ट्रेलियाको बेरोजगारी दर ४.१ प्रतिशतमा स्थिर

भारतले कर नबढाउने प्रस्ताव गरेको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ

प्रतिक्रिया