जापानी संस्था निहोन हिडान्क्योलाई यस वर्षको नोबेल शान्ति पुरस्कार

काठमाडौँ- नर्वेली नोबेल समितिले सन् २०२४ को नोबेल शान्ति पुरस्कार जापानी संस्था निहोन हिडान्क्योलाई दिने निर्णय गरेको छ ।
निहोन हिडान्क्योले हिरोसिमा र नागासाकीबाट पारमाणविक बम बाँचेकाहरूलाई सहयोग गर्ने संस्था हो । यसलाई हिबाकुशा पनि भनिन्छ ।
यस संस्थाले आणविक हतियारमुक्त संसार प्राप्त गर्ने प्रयासको लागि र आणविक हतियारहरू फेरि कहिल्यै प्रयोग गर्न नहुने प्रमाण प्रदर्शन गरेको भन्दै यस वर्षको नोबेल शान्ति पुरस्कार प्रदान गरिएको नोबेल समितिले जानकारी दिएको छ ।
यसअघि साहित्यको नोबेल पुरस्कार दक्षिण कोरियाकी हान काङलाई दिइएको छ भने विक्टर एम्ब्रोस र ग्यारी रुभकुन चिकित्साका लागि, जेफ्री ई. हिन्टन र जोन जे. होपफिल्डलाई भौतिकशास्त्रका लागि र डेभिड बेकर, जोन जम्पर र डेमिस हसबिसलाई रसायनशास्त्रमा यस बर्षको नोबेल पुरस्कार प्रदान गरिएको छ ।
नोबेल समितिले छनोट भएका देशका नागरिकलाई पुरस्कार दिने गरेको आरोप लागेको छ । त्यसैले यसपटक समितिले दायरा फराकिलो पार्दै दक्षिण कोरियाली लेखकलाई पुरस्कार दिएको छ । यो नोबेल पुरस्कार वितरण अक्टोबर १४ सम्म चल्नेछ।

ब्रह्माण्डको अन्त्यबारेमा वैज्ञानिकहरूको यस्तो खुलासा

अमेरिकी सर्वोच्च अदालतले आप्रवासी निष्कासन गर्न लगायो रोक, ट्रम्प आक्रोशित
हङकङ र सिंगापुरमा देखियो कोरोना १९ को नयाँ भाइरस, यसवर्षको नै उच्च

पपुवा न्यूगिनीमा पोलियो प्रकोप ‘आउट ब्रेक’ : डब्लुएचओ

गाजामा मारिनेको संख्या ५३ हजार नाघ्यो
अस्ट्रेलियाको बेरोजगारी दर ४.१ प्रतिशतमा स्थिर

भारतले कर नबढाउने प्रस्ताव गरेको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ

प्रतिक्रिया