आइतबार ०८ असार, २०८२
Sunday, June 22, 2025

जर्मनीलाई हराउँदै इंगल्यान्ड क्वार्टरफाइनलमा

काठमाडौँ : इंगल्यान्ड युरो २०२० को क्वार्टरफाइनलमा पुगेको छ । मंगलबार राती भएको खेलमा जर्मनीलाई २-० गोलले हराउँदै इंगल्यान्ड क्वार्टरफाइनलमा पुगेको हो ।

इंग्ल्यान्डको जितमा रहिम स्टर्लिङ र ह्यारी केनले गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएका बेला दोस्रो हाफको अन्त्यतिर दुई गोल गर्दै इंग्ल्यान्डले अन्तिम आठमा स्थान पक्का गरेको हो ।

खेलको ७५ औँ मिनेटमा स्टर्लिङले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । ८६ औँ मिनेटमा केनले गोल गरेर इंगल्यान्डको दोहोरो गोलसहित जित पक्का गरेका हुन् । हार व्यहोरेको जर्मनी भने युरोबाट बाहिरिएको छ ।