इजरायली आक्रमणमा कम्तीमा १८ प्यालेस्टाइनीको मृत्यु

गाजा- इजरायली सेनाले उत्तरी र मध्य गाजा पट्टीमा गरेको आक्रमणमा आइतबार कम्तिमा १८ प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी स्रोतले जनाएको छ ।
इजरायलले मध्य गाजामा रहेको बुरेइज शरणार्थी शिविर र देइर अल–बालाहको बाहिरी भागलाई निशाना बनाएको प्यालेस्टिनी सुरक्षा अधिकारीहरूले सिन्ह्वालाई बताए । गोलाबारीमा सात जनाको ज्यान
गएको र देइर अल–बालाहको अल–अक्सा अस्पतालमा लगिएको मेडिकल स्रोतले बताएको छ ।
साथै, इजरायली गोलाबारीले नुसेरात शरणार्थी शिविरमा रहेको आवासीय घरमा आक्रमण गर्दा एकै परिवारका आठ सदस्यको मृत्यु भएको स्थानीय स्रोतले जनाएको छ ।
यसैबीच गाजाको सिभिल डिफेन्स अथोरिटीले आफ्नो टोलीले जबलियाको फालुजा क्षेत्रमा घरहरूमा फसेका तीनवटा शव र अन्य सात जनालाई बाहिर निकालेको बताएको छ ।
इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले आइतवार आफ्नो सेनाले गाजा स्ट्रिपमा विगत २४ घण्टामा करिब ४० वटा लक्ष्यमा आक्रमण गरेको र दर्जनौं आतङ्ककारीलाई मारेको बताइएको छ । (सिन्ह्वा)

ब्रह्माण्डको अन्त्यबारेमा वैज्ञानिकहरूको यस्तो खुलासा

अमेरिकी सर्वोच्च अदालतले आप्रवासी निष्कासन गर्न लगायो रोक, ट्रम्प आक्रोशित
हङकङ र सिंगापुरमा देखियो कोरोना १९ को नयाँ भाइरस, यसवर्षको नै उच्च

पपुवा न्यूगिनीमा पोलियो प्रकोप ‘आउट ब्रेक’ : डब्लुएचओ

गाजामा मारिनेको संख्या ५३ हजार नाघ्यो
अस्ट्रेलियाको बेरोजगारी दर ४.१ प्रतिशतमा स्थिर

भारतले कर नबढाउने प्रस्ताव गरेको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ

प्रतिक्रिया