स्याङजाको सुन्तला र पर्यटन प्रवर्धनसम्बन्धी सम्भाव्य कार्यक्रम बने सहकार्य गर्ने अध्यक्ष ढकालको प्रतिबद्धता

स्याङजा- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्याङजाको सुन्तला, कफी र पर्यटन प्रवर्द्धनसम्बन्धी सम्भाव्य योजना तथा कार्यक्रम बने सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
स्याङजा जिल्ला उद्योग बाणिज्य संघले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ढकालले १० अर्ब रूपैयाँको लगानी कम्पनी स्थापना भएको र त्यसले काम सुरु गरिसकेको जानकारी गराउँदै स्वदेशी लगानीबाट पनि सकारात्मक सन्देश प्रवाह गर्न सकिने बताए ।
उनले भने, "जिल्ला जिल्लाका व्यवसायी साथीहरू लगानीका लागि अवसर खोजिरहनु भएको छ त्यसलाई एकीकृत गर्ने हो भने पुँजीको कुनै समस्या हुँदैन ।"
अध्यक्ष ढकालले यतिबेला बैंकमा निक्षेप पर्याप्त छ, ब्याजदर निकै घटेको छ । यस्तो बेला नेपालमा नै लगानीको अबसर छ भन्ने सन्देश प्रवाह गर्नुपर्ने बताए ।
उनले यो डेढ बर्षको अवधिमा लगानी प्रबर्द्धनका लागि देश भित्र र बाहिर आफूहरूले निरन्तर अभियान सञ्चालन गरेको जानकारी गराउँदै आफूहरुकै पहलमा सरकारले लगानी मैत्री वातावरण बनाउन ८ वटा कानून संशोधन गरेको जानकारी गराए ।
निजी क्षेत्रले उठाउँदै आएको मर्यादाक्रमको बिषय, कर सम्बन्धी समस्या लगायतका विषयमा आफुहरु निरन्तर लागिरहेको जानकारी गराए ।

रामपुरमा बालीनालीमा छरेको विषादीले मौरी सखाप

उत्पादन घट्दा अण्डाको माग बढ्यो

भारतीय किसान आएर प्रतापपुरमा खरबुजा खेती

सर्लाहीमा बढ्न सकेन चैते धानखेती

झापामा गहुँ उत्पादनको क्षेत्रफल घट्दै, मकैमा किसानको आकर्षण
तीन हजार ३४ मेट्रिक टन तोरी उत्पादन

प्रतिक्रिया