नाइजेरियामा पल्टिएको ट्यांकरबाट पेट्रोल लुट्न गएका १०५ जनाको मृत्यु

काठमाडौँ - नाइजेरियाको उत्तरी क्षेत्रमा गएराति एउटा तेल ट्यांकर विस्फोट हुँदा सयभन्दा बढीको मृत्यु भएको छ ।
दुर्घटनापछि ट्यांकरबाट लिक भएको तेल लुट्न आएका मानिसको भीडमा यो घटना भएको हो । यो घटना उत्तरी राज्य जिगावाको माजिया सहरमा भएको हो । तेलले भरिएको एउटा ट्यांकर पल्टिएर आगो लागेको र कम्तीमा १०५ जनाको मृत्यु भएको प्रहरीले बीबीसीलाई बताएको छ ।
विस्फोटमा अन्य ५० जना घाइते भएका छन्, जसलाई जिगावा राज्यको रिङ्गिम सहर नजिकैको अस्पतालमा भर्ना गरिएको छ । घाइतेहरूको अवस्था गम्भीर रहेको बताइएको छ ।
घटना मंगलबार राति भएको हुनाले, पुलिस अधिकारीहरूले मानिसहरूलाई ट्यांकर नजिक नजान चेतावनी दिएका थिए तर उनीहरूले बढ्दो भीडलाई नियन्त्रण गर्न सकेनन् । गाडी पल्टिएपछि पेट्रोल लिन मानिसहरुको भिड लागेपछि आगो फैलिएको थियो ।
तेल ट्यांकर कानोबाट आउँदै थियो र योबे राज्यको न्गुरुतर्फ गइरहेको थियो । यस घटनामा चालकलाई भने चोटपटक लागेको छैन । प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

ब्रह्माण्डको अन्त्यबारेमा वैज्ञानिकहरूको यस्तो खुलासा

अमेरिकी सर्वोच्च अदालतले आप्रवासी निष्कासन गर्न लगायो रोक, ट्रम्प आक्रोशित
हङकङ र सिंगापुरमा देखियो कोरोना १९ को नयाँ भाइरस, यसवर्षको नै उच्च

पपुवा न्यूगिनीमा पोलियो प्रकोप ‘आउट ब्रेक’ : डब्लुएचओ

गाजामा मारिनेको संख्या ५३ हजार नाघ्यो
अस्ट्रेलियाको बेरोजगारी दर ४.१ प्रतिशतमा स्थिर

भारतले कर नबढाउने प्रस्ताव गरेको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ

प्रतिक्रिया