वीपी प्रतिष्ठानका चार पदाधिकारीको कार्यकक्षमा ताला, सरकारी समितिसँग मात्र वार्तामा बस्ने

काठमाडौँ : धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलनरत स्वास्थ्यकर्मी तथा कर्मचारी सरकारले बनाएको समितिसँग मात्र वार्ता बस्ने भएका छन् । एक हप्ताको समय दिएर प्रतिष्ठानका चार पदाधिकारीका कार्यकक्षमा आन्दोलनरत पक्षले बुधबार बिहानै तालानबन्दी गरेका छन् । प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी, रजिष्ट्रार प्रा डा. मोहनचन्द्र रेग्मी, रेक्टर प्रा डा. गुरु खनाल र निर्देशक डा. गौरी शंकर शाहको कोठामा तालाबन्दी गरेका हुन् ।
प्रतिष्ठानका पदाधिकारीसँग वार्तामा नबस्ने आन्दोलनरत चिकित्सक डा. अमृत जैशीले इकागजलाई बताएका छन् । 'स्वास्थ्य मन्त्रालय र प्रधानमन्त्रीको पहलबाट बनेको समितिसँग मात्र वार्ता गर्नेछौ,' उनले भने ।
असक्षम सम्पूर्ण पदाधिकारीहरूको राजीनामा आउनुपर्ने जैशीको माग छ । असार २३ गते सम्म मागहरूको यथोचित सम्बोधन नगरिएमा सम्पूर्ण फ्याकल्टीहरू, कर्मचारीहरू, आवासीय चिकित्सकहरू, विद्यार्थीहरूबाट सामूहिक राजीनामा दिएर प्रधानमन्त्रीको कार्यालय घेर्न जाने उनले चेतावनी दिए ।
प्रतिष्ठानमा १६ दिनदेखि बढ्दो बेथितिविरुद्ध आन्दोलित संयुक्त संघर्ष समिति र धरान नागरिक दबाब सञ्जालका पदाधिकारीले आन्दोलन गरिरहेका छन् । संघर्ष समितिसँग मंगलबार प्रतिष्ठानका पदाधिकारीले पहिलो चरणको वार्ता गरेका थिए । उपकुलपतिले मापसे गरी वार्तामा बसेकाले वार्ता भाँडिएको थियो ।
यो पनि
वीपीका मापसे गरेका उपकुलपति डा. गिरीसहित चार पदाधिकारी कोठामा थुनिए

नेपालमै पहिलोपटक लिङ्ग परिवर्तनको सफल शल्यक्रिया
सदूरपश्चिममा थप चार जनामा कोरोना संक्रमण

नेशनल बाथरोग सेन्टरले मनायो १२औँ वार्षिकोत्सव, पाँच लाखभन्दा बढी बिरामीलाई स…

धनगढीमा स्पा तथा वेलनेस थेरापी तालिम सुरु,स्पा र वेलनेस क्षेत्रमा अवसर बढ्दै
भारतबाट फर्केका तीन जनामा कोरोना पुष्टि

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको अध्यक्षमा डा. सन्तोष पौडेल
मुस्ताङका चार पालिका ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ घोषणा

प्रतिक्रिया