बिहीबार ०१ जेठ, २०८२
Thursday, May 15, 2025

सुन तोलाको १ लाख ६५ हजार पुग्यो

तस्विरः फाइल फोटो

काठमाडौं- सुनको मुल्यले आज पनि नयाँ किर्तिमान बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलाको ६ सयले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ६५ हजार पुगेको हो ।

यस अघि शुक्रबार सुन तोलाको एक लाख ६४ हजार ४०० मा कारोबार भएको थियो  ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ९५ रुपैयाँले बढेर २०७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।