साफ महिला च्याम्पियनसिपमा आज दुई खेल हुँदै, नेपालको सामना माल्दिभ्ससँग

काठमाडौँ- जारी साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज माल्दिभ्सको सामना गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र माल्दिभ्सबीचको खेल साँझ साढे ५ बजेदेखि शुरु हुने हुनेछ ।
समूह 'बी'मा रहेका दुवै टोलीले आ–आफ्ना एक–एक खेल खेलिसकेका छन् । नेपालले पहिलो खेलमा भुटानसँग गोलरहित बराबरी खेलेको थियो भने माल्दिभ्स श्रीलंकासँग १–० गोलले पराजित भएको थियो ।
नेपालको एक अंक रहेको छ भने माल्दिभ्स अंकविहीन रहेको छ । समुह 'बी' अन्तर्गत नै भुटान र श्रीलंकाबीचको खेल पनि आजै हुँदै छ । यो खेल दिउँसो साढे १ बजेदेखि शुरु हुँदैछ । भुटानले आफ्नो पहिलो खेलमा नेपालसँग बराबरी खेलेको थियो भने श्रीलंकाले माल्दिभ्सलाई पराजित गरेको थियो ।

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया