सेभियामाथि बार्सिलोनाको फराकिलो जित

काठमाडौँ- स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले फराकिलो जित हासिल गरेको छ ।
गएराति भएको खेलमा बार्सिलोनाले सेभियामाथि ५-१ गोल अन्तरको जित हासिल गरेको छ ।
बार्सिलोनाको जितमा रोबेर्ट लेवानडोस्की र पाब्लो टोरेले २-२ गोल गरेका थिए भने पेड्रीले एक गोल गरेका थिए । त्यस्तै सेभियाका लागि एक गोल स्टानिश इडुम्बोले एक गोल गरेका थिए ।
यो जितपछि बार्सिलोनाको १० खेलमा २७ अंक भएको छ र लिगमा शीर्ष स्थानमा कायम रहेको छ । त्यस्तै दोस्रो स्थानमा रहेको रियल म्याड्रिडको १० खेलमा २४ अंक रहेको छ ।
त्यसैगरी सेभियाको भने १० खेलमा १२ अंक रहेको छ र लिगमा १३औं स्थानमा रहेको छ ।

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया