मस्कको दैनिक एक मिलियन वितरण गर्ने योजनाप्रति सरकारको चेतावनी

काठमाडौँ- अमेरिकी न्याय विभागले एलन मस्कको हरेक दिन एक मिलियन डलर रकम वितरण गर्ने चुनावी अभियान बारे चेतावनी पत्र पठाएको छ ।
अमेरिकी न्याय विभागले ट्रम्पको समर्थनमा मस्कको चुनावी अभियान संगठनलाई पत्र लेखेको हो ।
मतदातालाई दैनिक १० लाख अमेरिकी डलर दिने मस्कको योजना कानुन उल्लंघनको दायरामा आउन सक्ने पत्रमा लेखिएको छ ।
मस्कको चुनावी अभियानमा पठाइएको पत्रको जानकारी पहिलो पटक सीएनएनले साझा गरेको थियो । मस्कको अभियान अमेरिका पीएसीको यो पुरस्कार योजनामा सात स्विङ राज्यमा दर्ता भएका मतदाताहरूलाई निवेदनमा हस्ताक्षर गर्न अपील गरिएको छ ।
चुनाव नहुँदासम्म प्रत्येक दिन पिटिशनमा हस्ताक्षर गर्ने व्यक्तिलाई एक मिलियन अमेरिकी डलर दिइएको छ । केही कानुनविद्हरूले यो पुरस्कार योजना गैरकानूनी हुनसक्ने पहिल्यै बताएका थिए ।
अक्टोबर १९ मा, पहिलो चिठ्ठा चेक पेन्सिलभेनियामा एक कार्यक्रममा एक व्यक्तिलाई दिइएको थियो ।

ब्रह्माण्डको अन्त्यबारेमा वैज्ञानिकहरूको यस्तो खुलासा

अमेरिकी सर्वोच्च अदालतले आप्रवासी निष्कासन गर्न लगायो रोक, ट्रम्प आक्रोशित
हङकङ र सिंगापुरमा देखियो कोरोना १९ को नयाँ भाइरस, यसवर्षको नै उच्च

पपुवा न्यूगिनीमा पोलियो प्रकोप ‘आउट ब्रेक’ : डब्लुएचओ

गाजामा मारिनेको संख्या ५३ हजार नाघ्यो
अस्ट्रेलियाको बेरोजगारी दर ४.१ प्रतिशतमा स्थिर

भारतले कर नबढाउने प्रस्ताव गरेको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ

प्रतिक्रिया