सोमबार १९ जेठ, २०८२
Monday, June 02, 2025

साउदी लिगमा अल हिलालको अपराजित यात्रा कायमै

काठमाडौँ- साउदी प्रो लिग अन्तर्गत अल हिलालको अपराजित यात्रा कायम रहेको छ ।

गएराती भएको खेलमा अल हिलालले यस सिजनको आठौँ जित हासिल गर्दै आफ्नो अपराजित यात्रा कायम राखेको छ ।

अल हिलालले अल टाओउनलाई २-० गोल अन्तरले पराजित गरेको हो । अल हिलालको जितमा अलेक्सान्दर मिट्रोभिक र सेर्गेज मिलिनकोभिकले एक एक गोल गरेका थिए ।

यो जितपछि अल हिलालको ८ खेलमा २४ अंक भएको छ र लिगमा शीर्ष स्थानमा कायम छ ।

अल हिलाल दोस्रो स्थानमा रहेको अल इतिहादभन्दा ३ अंकले र तेस्रो स्थानमा रहेको अल नासर भन्दा ६ अंकले अगाडि रहेको छ ।

त्यसैगरी अल टाओउनको भने ८ खेलमा ११ अंक रहेको छ र लिगमा नवौं स्थानमा छ ।