हिजबुल्लाह ‘उपयुक्त’ शर्तमा इजरायलसँग युद्धविराम मान्छ : नयाँ हिजबुल्लाह नेता

बेरुत- हिजबुल्लाहका नयाँ नेता नइम कासेमले उहाँको समूह इजरायलसँग स्वीकार्य शर्तमा युद्धविराम सम्झौता गर्न तयार रहेको तर योग्य सम्झौता अहिलेसम्म प्रस्तुत नभएको बुधबार बताएका छन् ।
“यदि इजरायलीहरूले आक्रमण रोक्ने निर्णय गरे भने हामी स्वीकार्छौं, तर हामीले उपयुक्त र स्वीकार्य देख्ने शर्तहरूका अधीनमा”, कासेमले पूर्व–रेकर्ड गरिएको मन्तव्यमा भने । मङ्गलबार हिजबुल्लाहका महासचिव बनेपछि उनको यो पहिलो मन्तव्य थियो।
“तर हिजबुल्लाहले युद्धविरामका लागि माग गर्ने छैन”, राजनीतिक प्रयासहरूले अहिलेसम्म नतिजा प्रदान नगरेको उल्लेख गर्दै उनले भने, “इजरायल सहमत हुने र हामीले छलफल गर्न सक्ने कुनै पनि परियोजना प्रस्तुत भएको छैन ।”
कासेमले इरानसमर्थित समूहका ३० वर्षभन्दा बढी समयसम्म अध्यक्ष रहनुभएका हसन नसरल्लाहको स्थान लिनुभएको हो । नसरल्लाहको इजरायलले सेप्टेम्बर २७ मा हत्या गरेको थियो।
समूहका गढहरूमा इजरायलले आक्रमण बढ़ाएको र पछिल्लो महिना सीमा पार गरेर सेना पठाएको बेला उहाँले हिजबुल्लाहसँग इजरायलले जारी राखेको सर्वव्यापी युद्धमा कमान सम्हाल्दै छन् ।
“हाम्रो भूमिबाट बाहिर निस्केर आफ्ना क्षतिहरू कम गर”, कासेमले भने, “यदि तिमीहरू त्यहाँ बस्छौ भने तिमीले जीवनभर नभुल्ने कुरा भुक्तान गर्नु पर्नेछ ।” उनले हिजबुल्लाहले ‘दिनौँ, हप्तौँ र महिनौँ’ सम्म लड्न सक्ने बताए ।
कासेमले इजरायलद्वारा नसरल्लाहको हत्या र अन्य वरिष्ठ हिजबुल्लाह नेताको हत्याले समूहलाई ‘पीडादायक’धक्का दिएको स्वीकार गरे ।
यद्यपि उहाँले हिजबुल्लाहले ‘खाली ठाउँहरू भरेर, वैकल्पिक नेताहरू नियुक्त गरेर र सबै कुरा व्यवस्थित गर्न काम गरेर’ अर्को उचित व्यवस्था गर्न सुरु गरेको बताए ।
कासेमले आफ्ना तत्कालीन नेताद्वारा निर्धारित युद्धनीतिलाई कायम राख्ने प्रतिबद्धता पनि जनाउनुभयो ।“मेरो कार्यक्रम हाम्रा नेता, सय्यद हसन नसरल्लाहको कार्यक्रमको निरन्तरता हो ।” उनले नसरल्लाहले विकास गरेको युद्धयोजनालाई अगाडि बढाउने प्रतिबद्धता जनाए । (एएफपी)

ब्रह्माण्डको अन्त्यबारेमा वैज्ञानिकहरूको यस्तो खुलासा

अमेरिकी सर्वोच्च अदालतले आप्रवासी निष्कासन गर्न लगायो रोक, ट्रम्प आक्रोशित
हङकङ र सिंगापुरमा देखियो कोरोना १९ को नयाँ भाइरस, यसवर्षको नै उच्च

पपुवा न्यूगिनीमा पोलियो प्रकोप ‘आउट ब्रेक’ : डब्लुएचओ

गाजामा मारिनेको संख्या ५३ हजार नाघ्यो
अस्ट्रेलियाको बेरोजगारी दर ४.१ प्रतिशतमा स्थिर

भारतले कर नबढाउने प्रस्ताव गरेको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ

प्रतिक्रिया