मिसाइल उत्पादनमा इजरायली आक्रमणको कुनै असर परेन : इरान

तेहरान- इरानले बुधबार गत हप्ता त्यस्ता सुविधाहरूलाई लक्षित गरी गरिएका इजरायली हवाई आक्रमणहरूपछि पनि आफ्नो मिसाइल उत्पादन अक्षुण्ण रहेको बताएको छ ।
“मिसाइल जस्ता आक्रामक प्रणालीहरूको उत्पादन प्रक्रियामा कुनै अवरोध आएको छैन”, रक्षामन्त्री अजिज नसिरजादेहले पत्रकारहरूलाई भने, “शत्रुले हाम्रा रक्षात्मक र आक्रामक दुवै प्रणालीलाई क्षति पुर्याउने प्रयास गर्यो ।”
इरान समर्थित लडाकू नेताहरू र रिभोल्युसनरी गार्ड्सका कमान्डरको हत्यापछि अक्टोबर १ मा भएको तेहरानको मिसाइल आक्रमणको जवाफमा इजरायलले शनिबार इरानका सैन्य स्थलहरूमा आक्रमण गरेको थियो ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आक्रमणहरूले इरानको रक्षा क्षमता र मिसाइल उत्पादनमा प्रहार गरेको बताए ।
इरानका सशस्त्र बलहरूले आक्रमणमा चार सैनिकको मृत्यु भएको र केही राडार प्रणालीहरूमा ‘सीमित क्षति’ पुगेको बताए । इरानी सञ्चार माध्यमले एक सर्वसाधारणको पनि मृत्यु भएको बताएका छन् ।
इजरायलले इरानलाई प्रतिकार नगर्न चेतावनी दिएको छ । तेहरानले भने युद्ध नचाहको भन्दै ‘उपयुक्त जवाफ’ दिने प्रतिबद्धता जनाएको छ । (एएफपी)

ब्रह्माण्डको अन्त्यबारेमा वैज्ञानिकहरूको यस्तो खुलासा

अमेरिकी सर्वोच्च अदालतले आप्रवासी निष्कासन गर्न लगायो रोक, ट्रम्प आक्रोशित
हङकङ र सिंगापुरमा देखियो कोरोना १९ को नयाँ भाइरस, यसवर्षको नै उच्च

पपुवा न्यूगिनीमा पोलियो प्रकोप ‘आउट ब्रेक’ : डब्लुएचओ

गाजामा मारिनेको संख्या ५३ हजार नाघ्यो
अस्ट्रेलियाको बेरोजगारी दर ४.१ प्रतिशतमा स्थिर

भारतले कर नबढाउने प्रस्ताव गरेको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ

प्रतिक्रिया