युक्रेनबारे चीन र रुसबीच छलफल

बेइजिङ- चीनका विदेशमन्त्री वाङ यीले बुधबार बेइजिङमा रुसका उप–विदेशमन्त्रीसँग युक्रेन सङ्कटबारे छलफल गरेका छन् । पश्चिमी नेताहरूले मस्कोको उत्तर कोरियासँगको बढ्दो सम्बन्धको निन्दा गरिरहेको बेला यो बैठक भएको छ ।
वाङले आन्द्रेई रुडेन्कोलाई चीन र रुसबीचको सम्बन्ध ‘अपरिहार्य’ र ‘बलियो’ रहेको बताए । उनले भने, “यो सम्बन्ध बदलिँदो अन्तर्राष्ट्रिय परिस्थितिबाट प्रभावित छैन र यो कुनै तेस्रो पक्षप्रति लक्षित वा प्रभावित छैन ।”
संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले रुसमा उत्तर कोरियाली सैनिकहरूको उपस्थितिको आलोचना गरेपछि तनाव बढेको छ ।
उत्तर कोरियाली विदेशमन्त्री चोए सन हुई मस्कोमा आफ्ना रुसी समकक्षी सर्गेई लाभरोभसँग भेट्ने तयारीमा रहेको बेला वाङ र रुडेन्कोबीचको बुधबारको बैठक भएको छ ।
दक्षिण कोरिया, नाटो र संयुक्त राज्य अमेरिकाले हजारौँ उत्तर कोरियाली सैनिकहरूले रुसमा तालिम लिइरहेको दाबी गरेका छन् । उक्त दाबीलाई मस्को र प्योङयाङले अस्वीकार गरेका छन् ।
सोलको गुप्तचर एजेन्सीका अनुसार पहिलो समूहका विशिष्ट सेनाहरू अक्टोबरको सुरुमा पूर्वी रुसको भ्लाडिभोस्टकतर्फ प्रस्थान गरेका थिए ।
पेन्टागनकी उप–प्रेस सचिव साब्रिना सिंहले यस हप्ता पत्रकारहरूलाई बताउनुभए अनुसार तालिमका लागि पठाइएका करिब १० हजार उत्तर कोरियाली सैनिकले ‘आगामी केही हप्तामा युक्रेन नजिकै रुसी सेनालाई सघाउने सम्भावना छ ।’
प्योङयाङले आफ्ना सैनिकहरू रुसमा तालिम लिइरहेको कुरा अस्वीकार गरे पनि उत्तर कोरियाका उप–विदेशमन्त्री किम जोङ ग्युले त्यस्तो तैनाथी भएको खण्डमा यो अन्तर्राष्ट्रिय कानून अनुरूप हुने बताउनुभएको छ ।
चीनले रुस र उत्तर कोरिया दुवैलाई आफ्नो नजिकको साझेदार मान्छ ।
अमेरिकी सरकारले चीनसँग प्योङयाङको बढ्दो सैन्य संलग्नताबारे आफ्नो चिन्ता व्यक्त गरेको छ ।
बुधबार नियमित प्रेस सम्मेलनमा वासिङ्टनसँगको वार्ताबारे सोधिएको प्रश्नमा चीनको विदेश मन्त्रालयले टिप्पणी गर्न अस्वीकार गर्यो ।
विदेश मन्त्रालयले वाङले रुडेन्कोसँगको भेटमा रुसमा उत्तर कोरियाली सैनिकहरूको विषय उठाए–नउठाएको पुष्टि गर्न पनि अस्वीकार गर्यो । (एएफपी)

ब्रह्माण्डको अन्त्यबारेमा वैज्ञानिकहरूको यस्तो खुलासा

अमेरिकी सर्वोच्च अदालतले आप्रवासी निष्कासन गर्न लगायो रोक, ट्रम्प आक्रोशित
हङकङ र सिंगापुरमा देखियो कोरोना १९ को नयाँ भाइरस, यसवर्षको नै उच्च

पपुवा न्यूगिनीमा पोलियो प्रकोप ‘आउट ब्रेक’ : डब्लुएचओ

गाजामा मारिनेको संख्या ५३ हजार नाघ्यो
अस्ट्रेलियाको बेरोजगारी दर ४.१ प्रतिशतमा स्थिर

भारतले कर नबढाउने प्रस्ताव गरेको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ

प्रतिक्रिया