प्रशिक्षक बर्खास्तपछिको खेलमा म्यानचेस्टर युनाइटेडको शानदार जित

काठमाडौँ- म्यानचेस्टर युनाइटेड कारबाओ कपको क्वाटरफाइनलमा पुगेको छ ।
गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीलाई ५-२ गोल अन्तरले पराजित गर्दै कारबाओ कपको क्वाटरफाइनलमा पुगेको हो ।
म्यानचेस्टर युनाइटेडको जितमा क्यासेमिरो र ब्रुनो फेर्नानडेजले २-२ गोल गरेका थिए भने अलेजान्द्रो गर्नाचोले एक गोल गरेका थिए । त्यसैगरी लेस्टर सिटीका लागि बिलाल एल खाननोउस र कोनोर कोडीले एक एक गोल गरेका थिए ।
अब म्यानचेस्टर युनाइटेड कारबाओ कपको क्वाटरफाइनलमा टोटनह्यामसँग खेल्ने छ ।
म्यानचेस्टर युनाइटेडले प्रशिक्षक एरिक टेन ह्यागलाई बर्खास्त गरेपछि खेलेको पहिलो खेलमा शानदार जित हासिल गरेको छ । युनाइटेडको अन्तरिम प्रशिक्षकको जिम्मेवारी युनाइटेडका पुर्व खेलाडी रुड भान निस्टलरोयले निभाइरहेका छन् ।

डर्टमन्डको पोस्टमा बार्सिलोनाको चार गोल

मोहम्मद सलाहको लिभरपुलका लागि २३४ गोल, क्लबमा रहन सम्झौता नविकरण गर्दै

आफ्नै भाइकी श्रीमतीसँग इंग्ल्यान्डका खेलाडीको ८ वर्षे गोप्य सम्बन्ध खुलासा भएपछि.…

हालान्ड घाइते भएपछि म्यानचेस्टर सिटी तनावमा

इटाली क्वार्टरफाइनलबाटै बाहिरियो

डेनमार्कलाई हराउँदै पोर्चुगल सेमिफाइनलमा

एसियन कप छनोट खेल्न जान लागेका नेपाली राष्ट्रिय फुटबल टिमलाई बिदाइ

प्रतिक्रिया