उत्तर कोरियाले गर्यो अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परिक्षण

काठमाडौँ- उत्तर कोरियाले अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल (आईसीबीएम) परिक्षण गरेको छ ।
अमेरिकामा राष्ट्रपति निर्वाचनको पुर्व सन्ध्यामा उत्तर कोरियाले गरेको यो परिक्षणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
हाल उत्तर कोरियाको रुससँग सम्बन्ध बलियो भईरहेको र रुसलाई युक्रेनसँगको लडाईमा सैनिक सहयोग गरेको विषय बाहिर आएको बेला उत्तर कोरियाले यस्तो क्षेप्यास्त्र परिक्षण गरेको छ ।
दक्षिण कोरियाको सेनाका अनुसार यो मिसाइलले एक हजार किमीको दूरी पार गरेर समुन्द्रमा खसेको थियो । जापानले यो मिसाइल ८६ मिनेटसम्म उडेको र उक्त क्षेप्यास्त्र स्थानीय समय अनुसार बिहान ८: ४० बजे समुन्द्रमा खसेको अनुमान गरिएको छ ।
उत्तर कोरियाले दक्षिण कोरियासँगको सम्बन्धमा तनाव बढ्दै गएको छ र छिमेकी देशप्रति पनि लगातार आक्रामक रुख अपनाइरहेको छ ।
उत्तर कोरियाले स्थानीय समय अनुसार बिहीबार बिहान ७ बजेर १० मिनेटमा ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको थियो ।
यसअघि गत वर्षको डिसेम्बरमा उत्तर कोरियाले संयुक्त राष्ट्रसंघले लगाएको प्रतिबन्धलाई बेवास्ता गर्दै ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो ।

ब्रह्माण्डको अन्त्यबारेमा वैज्ञानिकहरूको यस्तो खुलासा

अमेरिकी सर्वोच्च अदालतले आप्रवासी निष्कासन गर्न लगायो रोक, ट्रम्प आक्रोशित
हङकङ र सिंगापुरमा देखियो कोरोना १९ को नयाँ भाइरस, यसवर्षको नै उच्च

पपुवा न्यूगिनीमा पोलियो प्रकोप ‘आउट ब्रेक’ : डब्लुएचओ

गाजामा मारिनेको संख्या ५३ हजार नाघ्यो
अस्ट्रेलियाको बेरोजगारी दर ४.१ प्रतिशतमा स्थिर

भारतले कर नबढाउने प्रस्ताव गरेको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ

प्रतिक्रिया