अमेरिकामा आज राष्ट्रपति निर्वाचन, कहिले आउछ नतिजा ?

काठमाडौँ- अमेरिकामा राष्ट्रपति चयनका लागि आज मतदान हुँदै छ ।
यसपटकको निर्वाचनमा निकै प्रतिस्पर्धा हुने अनुमान गरिएको छ, जसमा एकातर्फ पूर्व राष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प छन् भने अर्कोतर्फ डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिस छन् । कमला ह्यारिस अमेरिकाको वर्तमान उपराष्ट्रपति पनि हुन् ।
ट्रम्पले जेडी भान्सलाई उपराष्ट्रपतिको उम्मेदवार बनाएका छन् । कमला ह्यारिसले मिनेसोटाका गभर्नर टिम वाल्जलाई यो पदका लागि उम्मेदवार बनाएकी छन् ।
अमेरिकाका अधिकांश क्षेत्रमा नेपाली समयअनुसार मंगलबार साँझ करिब ४: ४५ बजेदेखि मतदान सुरु भई बुधबार बिहान करिब ६ बजेसम्म चल्नेछ ।
निकट प्रतिस्पर्धाका कारण यसै वर्ष हुन लागेको अमेरिकी राष्ट्रपतीय निर्वाचनको नतिजा सार्वजनिक हुन केही दिन लाग्ने अनुमान गरिएको छ ।
अमेरिकामा हुने केही राष्ट्रपतीय निर्वाचनमा भोटिङको दिन वा भोलिपल्ट बिहान विजेता घोषणा हुने गरेको भए पनि यसपटक कडा प्रतिस्पर्धाका कारण पर्खनुपर्ने हुनसक्छ । पेन्सिल्भेनिया जस्ता केही स्विङ राज्यहरूमा मत गणनामा थोरै भिन्नता आएमा फेरि मतगणना हुने सम्भावना छ ।
यी निर्वाचनका सन्दर्भमा नजिकको नतिजालाई कानुनी रूपमा पनि चुनौती दिने सम्भावना छ । यदि यस्तो भयो भने, यसको घोषणा हुन केही दिन लाग्न सक्छ।
सन् २०२० मा अमेरिकामा राष्ट्रपतीय निर्वाचनका लागि नोभेम्बर ३ मा मतदान भएको थियो तर अमेरिकी टिभी नेटवर्कमा नोभेम्बर ७ मा जो बाइडेनलाई विजयी घोषणा गरिएको थियो ।

ब्रह्माण्डको अन्त्यबारेमा वैज्ञानिकहरूको यस्तो खुलासा

अमेरिकी सर्वोच्च अदालतले आप्रवासी निष्कासन गर्न लगायो रोक, ट्रम्प आक्रोशित
हङकङ र सिंगापुरमा देखियो कोरोना १९ को नयाँ भाइरस, यसवर्षको नै उच्च

पपुवा न्यूगिनीमा पोलियो प्रकोप ‘आउट ब्रेक’ : डब्लुएचओ

गाजामा मारिनेको संख्या ५३ हजार नाघ्यो
अस्ट्रेलियाको बेरोजगारी दर ४.१ प्रतिशतमा स्थिर

भारतले कर नबढाउने प्रस्ताव गरेको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ

प्रतिक्रिया