हारपछि ह्यारिसको पहिलो सम्बोधन, शान्तिपूर्ण सत्ता हस्तान्तरणमा जोड

काठमाडौँ- अमेरिकी राष्ट्रपति चुनावमा पराजयपछि कमला ह्यारिसले आफ्ना समर्थकलाई सम्बोधन गरेकी छन् ।
हारपछिको पहिलो सम्बोधनमा ह्यारिसले आफ्ना समर्थकहरूलाई डोनाल्ड ट्रम्पको जित स्वीकार गर्न अपिल गरेकी छन् । यससँगै उनले आफ्ना समर्थकहरूलाई आफ्नो आदर्शका लागि ‘कहिल्यै हार नमान्न’ भनेकी छन् ।
वाशिंगटन, डीसीको हावर्ड विश्वविद्यालयमा एक भाषणमा, ह्यारिसले हार स्वीकार गर्दै भनिन्, 'चुनावको नतिजा हामीले चाहेको अनुसार भएन ।'
ह्यारिसले शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण हुनुपर्ने बताएकी छन् ।
आफ्ना समर्थकहरूलाई निराश नहुन भन्दै ह्यारिसले आफ्ना उपराष्ट्रपतिका उम्मेदवार गभर्नर टिम वाल्ज, अभियान कर्मचारी, समर्थक, मतदान कार्यकर्ता र निर्वाचन अधिकारीहरूलाई धन्यवाद दिएकी थिइन् ।
उनको सम्बोधनका क्रममा उनका समर्थक भावविव्हल बनेका थिए भने धेरैले आँसु पुछेको देखिएको थियो ।
ह्यारिसले आफ्नो सम्बोधनमा भनिन्- 'मलाई थाहा छ मानिसहरू अझै पनि धेरै भावनाहरूबाट गुज्रिरहेका छन् । म बुझ्छु, तर हामीले यो चुनावको नतिजालाई सम्मान गर्नुपर्छ ।'
ह्यारिसले चुनावमा पराजय भोग्नु परे पनि आफूले उठाएका मुद्दामा संघर्ष जारी राख्ने बताइन् ।

ब्रह्माण्डको अन्त्यबारेमा वैज्ञानिकहरूको यस्तो खुलासा

अमेरिकी सर्वोच्च अदालतले आप्रवासी निष्कासन गर्न लगायो रोक, ट्रम्प आक्रोशित
हङकङ र सिंगापुरमा देखियो कोरोना १९ को नयाँ भाइरस, यसवर्षको नै उच्च

पपुवा न्यूगिनीमा पोलियो प्रकोप ‘आउट ब्रेक’ : डब्लुएचओ

गाजामा मारिनेको संख्या ५३ हजार नाघ्यो
अस्ट्रेलियाको बेरोजगारी दर ४.१ प्रतिशतमा स्थिर

भारतले कर नबढाउने प्रस्ताव गरेको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ

प्रतिक्रिया