आरआर क्याम्पस अगाडि यसरी ओलीको पुत्ला जल्यो (फोटो फिचर)

काठमाडौँ : विपक्षी गठबन्धनका विद्यार्थी संगठनहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् । बिहीबार प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पस अगाडि प्रधानमन्त्री ओलीको पुत्ला जलाउँदै विरोध प्रदर्शन गरेको हो ।
प्रतिनिधि सभा विघटन गर्दै प्रधानमन्त्री ओली निरंकुश बन्दै गएको आरोप संगठनहरुले लगाएका छन् । क्याम्पस बाहिर प्रदर्शनमा उत्रेका विद्यार्थीहरुले पुत्ला दहन गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको थियो । सो क्रममा प्रहरी र विद्यार्थीबिच केही समय घम्साघम्सी परेको थियो। प्रहरीले केही विद्यार्थी नेतालाई पक्राउसमेत गरेको छ ।
केपी ओली नेतृत्वको सरकारले महँगी बढाएको, जनताको न्युनतम आधारभूत आवश्यकता पुरा गर्न नसकेको बिद्यार्थी नेताहरुले जनाएका छन् । अखिल (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङले प्रतिगमन नसच्चिएसम्म आन्दोलनलाई शसक्त बनाउने चेतावनी दिए । त्यस्तै नेविसंघका अध्यक्ष राजीव ढुंगानाले मुलुकलाई प्रतिगमनतर्फ जानै नदिनका लागि गरिएको प्रदर्शनका क्रममा बिद्यार्थीहरुलाई प्रशासनले दवाउन खाजेको आरोप लगाए ।
हेर्नस् तस्बिरहरू :

कंक्रिटै कंक्रिटको सहर काठमाडौँ (फोटो फिचर)

शिवपुरी निकुञ्ज भित्रको बिष्णुद्वार झरना आहा! ( तस्विरहरू )
_vKePIDCgLl_uaxs5znqtpvskumc5heezisxoov5haajcvkbcaphpciz2ceo0nelqkkr4nwt_sX5RxNiyg6_s6hdlw83gf2cpiztew4iixemukubgfzipxdwhv5pknbdxf8iytwvbouin98z.jpeg)
भीडभाड छ एयरपोर्ट (फोटो फिचर)

काठमाडौँ महानगरको सीप मेलामा यस्तो देख्यो (फोटो फिचर)

तस्बिरमा बकर ईद

गोरखा भूकम्पको केन्द्र बारपाकमा फोटो प्रदर्शनी

फास्ट ट्रयाकको टनेल मार्ग यसरी बन्दैछ ( फोटोफिचर)

प्रतिक्रिया