बेलायती अखबार द गार्डियनले 'एक्स'मा अब केहि पोस्ट नगर्ने

काठमाडौँ- बेलायती अखबार द गार्डियनले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ मा अब कुनै पनि कुरा पोस्ट नगर्ने जनाएको छ ।
गार्जियनले एक्समा नकारात्मकता बढी भएको भन्दै अबदेखि आफ्नो आधिकारिक एकाउन्ट एक्समा कुनै समाचार पोष्ट नगर्ने बताएको हो ।
गार्जियनले भनेको छ- 'हामीले हाम्रो आधिकारिक सम्पादकीय खाताबाट 'एक्स' मा पोस्ट गर्न बन्द गरेका छौं । तर एक्स प्रयोगकर्ताहरूले हाम्रो रिपोर्टहरू साझा गर्न सक्छन् ।
यसको कारण बताउँदै द गार्डियनले लेखेको छ, ‘हामीलाई लाग्छ ‘एक्स’ मा अहिले धेरै नकारात्मकता छ । हामी हाम्रो पत्रकारितालाई थप प्रवर्द्धन गर्न स्रोतहरू राम्रोसँग प्रयोग गर्न सक्छौं ।'
अखबारले लामो समयदेखि यस बारे सोचिरहेको बताउदै प्रायः 'एक्स' मा विचलित पार्ने सामग्री पाइने बताएको छ । यसमा अति दक्षिणपन्थी प्रचार र नस्लवादसँग सम्बन्धित सामग्री पनि समावेश रहेको गार्जियनले उल्लेख गरेको छ ।
द गार्डियनले भनेको छ- 'अमेरिकी चुनावले पनि प्रमाणित गरेको छ कि 'एक्स' एक 'विषाक्त' प्लेटफर्म हो र यसको मालिक एलोन मस्कले राजनीतिक वातावरणलाई प्रभाव पार्न प्रयोग गर्न सक्छ ।'
यद्यपि, एक्सक प्रयोगकर्ताहरूले गार्डियन लेखहरू साझा गर्न भने सक्ने छन् । यस बाहेक द गार्डियनले पनि आफ्ना रिपोर्टरहरूले समाचार सङ्कलन गर्न एक्स प्रयोग गर्न सक्ने बताएको छ ।

इन्फोडेभलपर्स र वन पोइन्ट फाईनानसियल सर्भिसेजबीच सहकार्य हुने

हाम्रो पात्रोको नयाँ अपडेट सार्वजनिक, प्रयोगकर्ताको अनुभवलाई अझ स्मार्ट, सहज र …

क्लासिक टेकका पाँच वटा बैंक खाता रोक्का राख्न जिल्ला अदालत मोरङको पत्राचार

अन्ततः अमेरिकी अदालतमा वकिल बनेर उभियो एआई, गर्यो बहस

एआईको चुनौतीबाट बच्न सामसुङलाई ‘गर या मर’ को मानसिकता आवश्यक
एआईको चुनौतीबाट बच्न सामसुङलाई ‘गर या मर’ को मानसिकता आवश्यक

स्पेसएक्सको अहिलेसम्मकै ठूलो अन्तरिक्ष यानको परिक्षण दोस्रो पटक पनि असफल

प्रतिक्रिया