सोमबार १९ जेठ, २०८२
Monday, June 02, 2025

मनाङ मर्स्याङदीलाइ पराजित गर्दै संकटा विजयी

फाइल फाेटाे

काठमाडौं - संकटा क्लबले विजय हासिल गरेको छ । 

ललित स्मृति एन्फा यु १८ युथ लिगमा मंगलबारको खेलमा मनाङ मर्स्याङदी क्लबलाई ४ १ ले हराउँदै बिजयी भएको हो । 

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा संकटालाई जित दिलाउन दिवस राई, अनिश थापामगर, सुदीप लामा र कृष्णबहादुर आलेले गोल गरेका थिए । 

मनाङका लागि भने सागर मगरले मात्रै गोल फर्काउन सफल भएका थिए ।