आइतबार १८ जेठ, २०८२
Sunday, June 01, 2025

संविधानअनुसार बन्न बाँकी कानुनबारे अध्ययन गर्न संसदीय उपसमिति गठन

फाइल फाेटाे

काठमाडौं - संविधानअनुसार बन्न बाँकी रहेका कानुनहरू सम्बन्धमा अध्ययन गर्न उपसमिति गठन भएको छ ।

राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समिति अन्तर्गत सो उपसमिति गठन भएको हो । मंगलबार सिंहदरबारमा बसेको बैठकले सांसद डा.वेदुराम भुसालको संयोजकत्वमा पाँच सदस्यीय उप समिति गठन गरेको हो। 

सो उपसमितिलाई संविधानअनुसार बन्न बाँकी कानुनहरूको संसदमा ल्याउन भनि दिएको निर्देशनको कार्यान्वयनको अवस्थाबारे अध्ययन गर्ने निर्देशन दिइएको छ । 

समितिको सदस्यमा एमालेबाट गोपाल भट्टराई, कांग्रेसबाट विष्णुदेवि पुडासैनी,माओवादी केन्द्रबाट गंगाकुमारी वेल्वासे र जसपा नेपालबाट मृगेन्द्रकुमार सिंह यादव सदस्य रहेका छन । सो समितिको म्याद एक महिना अर्थात पुस ११ गतेसम्म तोकिएको छ ।