स्पोर्टिङको पोस्टमा आर्सनलको पाँच गोल

काठमाडौँ- प्रिमियर लिग क्लब आर्सनलले युइएफए च्याम्पियन्स लिग अन्तर्गतको खेलमा पोर्चुगलको क्लब स्पोर्टिङलाई फराकिलो अन्तरले पराजित गरेको छ।
गएराती भएको खेलमा आर्सनलले स्पोर्टिङ सिपीलाई ५-१ गोल अन्तरले पराजित गरेको हो।
आर्सनलको जितमा गार्बियल मार्टिनेली, काइ हाभेर्ट, गाब्रियल मागालहाएज, बुकायो साका र लीन्द्रो ट्रोसार्डले एक एक गोल गरेका थिए। त्यस्तै स्पोर्टिङका लागि एक गोल गोन्कालो इनासियोले गरेका थिए।
यो जितपछि आर्सनलको ५ खेलमा १० अंक भएको छ र लिगमा सातौं स्थानमा उक्लिएको छ। त्यस्तै स्पोर्टिङको ५ खेलमा १० अंक नै छ र लिगमा आठौ स्थानमा रहेको छ।

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया