भरतपुर अस्पतालमा ‘प्ले थेरापी’ सेवा

चितवन - भरतपुर अस्पतालमा उपचाररत बालबालिकाहरुलाई उपचारसँगै खेल्ने र पढ्ने अवसर पाएका छन् । अस्पतालले ‘प्ले थेरापी’ कक्ष सञ्चालन गरेर बालबालिकालाई खेल्ने र पढ्ने अवसर समेतप्रदान गरेको हो ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्राडा.कृष्णप्रसाद पौडेलका अनुसार बाल रोग विभागमा भर्ना भएर उपचाररत बालबालिकालाई ‘बिरामी छु’ भन्ने कुरा बिर्साउन प्ले थेरापी शुरु गरिएको बताए ।
उनले भने, “यसरी उपचार गर्दा बच्चाको रोग समेत छिटो निको हुन्छ ।” अस्पतालको उपचार र घरको जस्तो वातावरण सिर्जना गर्दा बालबालिकाले सहज महसुस गर्ने उनको भनाई छ । बाल सघन उपचार कक्ष र सिकिस्त रहेका बाहेक १० वर्षसम्मका बालबालिकालाई लक्षित गरेर यो सेवा शुरु गरिएको उनले बताए ।
विदेशमा समेत चिकित्सकले यस्ता कक्ष सम्हाल्ने गरेको जनाउँदै क्रमशः व्यवस्थित गर्दै लैजाने उनले जानकारी दिए । दैनिक ५० जना हाराहारी बालबालिकाले यो सेवा लिन सक्ने उनको भनाइ छ । अस्पतालको बाल रोग विभागमा ६६ शैया छन् ।
अस्पताल आफैले सामग्री खरिदगरी शुरु गरेसँगै विभिन्न दाताहरुले थप सामग्रीहरु सहयोग गर्ने वचन दिएको उनले बताए । अस्पतालमा एनआइसियू, पिआईसियु सेवा समेत छ । यो संघीय अस्पताल हो । यहाँ चितवन सहित छिमेकी जिल्लाबाट बिरामी उपचारका लागि आउने गर्दछन् ।

चीनले बनायो नयाँ थेरापी प्रविधि : अब १९ हजार रुपैयाँमा क्यान्सरको उपचार

निःशुल्क स्वास्थ्य शिविरः मुटु तथा मिर्गौलाका सात सय बिरामी लाभान्वित

कामपाको स्तन र पाठेघर मुखको क्यान्सर निःशुल्क परीक्षण अभियान सुरु

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा थापा
आज विश्व क्षयरोग दिवस : कति छन् क्षयरोग पीडित ?
_8mxRq0SctC_2vwwvjejwsmwyyypxbr9whhqjjaemhktlhv3uktbzxafnjrkgnfjwwwixqs4_H0H10cmgqP_xzdqh0ioslpprajxmtmzmla1zd6utzx7qkkaieygiw9rt5tdbck3sjdinamw.jpg)
राती घण्टौं निंद्रा लागेन, यी योग आसनले गर्नेछ मद्दत

तीन अस्पतालमा मष्तिष्क पक्षघातको औषधि उपलब्ध हुने

प्रतिक्रिया