रियल म्याड्रिडमाथि लिभरपुलको शानदार जित

काठमाडौँ- लिभरपुलले युइएफए च्याम्पियन्स लिग अन्तर्गत रियल म्याड्रिडलाई पराजित गरेको छ।
गएराती सम्पन्न खेलमा आफ्नै घरेलु मैदान एनफिल्डमा लिभरपुलले रियल म्याड्रिडलाई २-० गोल अन्तरले पराजित गरेको हो।
लिभरपुलको जितमा एलेक्सिस म्याक अलेस्टर र कोडी गाक्पोले एक एक गोल गरेका हुन्।
यो जितपछि लिभरपुल च्याम्पियन्स लिगको शीर्ष स्थानमा उक्लिएको छ। लिभरपुलको ५ खेलमा सबै खेल जितेर १५ अंक रहेको छ।
त्यसैगरी रियल म्याड्रिडको भने यस सिजनको च्याम्पियन्स लिगमा यो तेस्रो हार हो। ५ खेलमा ६ अंक रहेको रियल म्याड्रिड २४औं स्थानमा रहेको छ।

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया