जलवायु परिवर्तनका चुनौती समाधानमा सहकार्य आवश्यक : सांसद सुबोध
काठमाडौं- संघीय सांसद माधव सापकोटा सुबोधले जलवायु परिवर्तनका चुनौतीहरू सामना गर्न 'ग्लोबल साउथ'का साझेदारहरूले आपसी सहकार्य र संयुक्त रणनीति अवलम्बन गर्नु पर्नेमा जोड दिएका छन् ।
ईण्डोनेसियाको जकार्तामा आयोजित 'ग्रीन साउथ एलायन्स इनर्जी ट्रान्जिसन' सम्मेलनमा ‘हाम्रो साझा यात्रा: प्रतिनिधिहरूका आवाज’ र ‘वित्तीय जटिलतास् एउटै दिशातर्फ समेट्ने प्रयास’ गरी दुईवटा सत्रहरूमा सम्बोधन गर्दै सापकोटाले ग्लोबल साउथलाई एकजुट हुन अपिल गरेका हुन् ।
इन्डोनेसियाको राष्ट्रिय विकास योजना मन्त्रालय र स्वनीति इनिसिएटिभको संयुक्त आयोजनामा भएको सम्मेलनमा उनले ‘स्वच्छ हावा संसदिय समूह (पीजीसीए)’ को नेपाल च्याप्टर सह-अध्यक्षको रूपमा नेपालले जलवायु परिवर्तन र क्षेत्रीय ऊर्जा साझेदारीका लागि खेलेको भूमिकाबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएका थिए ।
उनले जलवायु वित्तीय सहकार्यलाई बलियो बनाउन र ऋण भारबाट पिरोलिएका विकासोन्मुख देशहरूको समस्या समाधान गर्न तत्काल कदम चाल्नुपर्ने बताए। 'बढ्दो ऋण भार र जलवायु संकटले दक्षिण एशियामा प्रगतिको मार्ग अवरुद्ध गर्न सक्छ। नेपाल र अन्य देशहरूले सस्तो र सहज वित्तीय पहुँच सुनिश्चित गर्न अन्तर्राष्ट्रिय संस्थाहरूलाई दबाब दिन आवश्यक छ,' सापकोटाले भने।
सम्मेलनमा उनले नेपालको जलविद्युत् सम्भावनाबारे चर्चा गरे। '२०३५ सम्ममा २८,००० मेगावाटभन्दा बढी विद्युत् उत्पादन गर्ने लक्ष्य लिइएको छ, यसले राष्ट्रिय माग पूर्ति त गर्ने नै छ, छिमेकी देशहरूमा पनि निर्यात गर्न सकिनेछ। भारतसँगको वर्तमान सम्झौताले यस सम्भावनालाई अझ सुदृढ बनाएको छ,' उनले भने।
सांसद सापकोटाले जलवायु परिवर्तनका समाधानमा सीमापार हरित ऊर्जा व्यापार र कार्बन बजार मापदण्डलाई प्रमुख मान्नुपर्ने आवश्यकता औंल्याउँदै भने, 'नेपालले पेरिस सम्झौताअन्तर्गतको धारा ६ को प्रभावकारी कार्यान्वयनबाट सन् २०५० सम्म ५० देखि २०० मिलियन टन कार्बन उत्सर्जन घटाउन सक्छ। यसले नेपाललाई नेट शून्य उत्सर्जन हासिल गर्न बलियो आधार दिन्छ।'
उनले भने, 'हातेमालो गरेर मात्रै हामी हाम्रा समुदायहरूलाई सशक्त बनाउन सक्छौं र आगामी पुस्ताका लागि सुरक्षित भविष्य निर्माण गर्न सक्छौं।' सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित नेकपा माओवादीका सांसद सापकोटा जलवायु परिवर्तनका मुद्दामा सक्रिय रूपमा क्रियाशील छन् ।

सार्वजनिक संस्थानः १५ घाटामा, दुई बन्द

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

प्रतिक्रिया