लिभरपुलले सलाहलाई ओलम्पिकमा भाग लिनबाट रोक्यो

काठमाडौँ:इजिप्टका स्टार खेलाडी मोहम्मद सलाहले टोकियो ओलम्पिक गुमाउने भएका छन् । सलाहलाई उनको क्लब लिभरपुलले रिलिज नगर्ने इजिप्टले आफ्ना मुख्य खेलाडी बिनै ओलम्पिकको पुरुष फुटबलमा भाग लिनेछ । इजिप्टका प्रशिक्षक शाकी घरिबले ओलम्पिकका लागि घोषणा गरेको २२ सदस्यीय टिममा सलाह छैनन् ।
जुलाई २१ बाट सुरु हुने ओलम्पिकमा पुरुष फुटबलतर्फको प्रतिस्पर्धा भने जुलाई २२ बाट सुरु हुनेछ । ओलम्पिकमा कुनैपनि टिमले २३ वर्ष मुनिका खेलाडीहरु पठाउँछन् । त्यसमा तीन जना खेलाडी भने २३ वर्ष माथिका पनि समावेश गर्न सकिन्छ ।
ओलम्पिकमा हुने फुटबल स्पर्धालाई फिफाले मान्यता दिँदैन । यस्तोमा लिभरपुलले सलाहलाई ओलम्पिकका लागि रिलिज नगर्ने अडान लिँदै आएको थियो । यसको पुष्टि गत महिना इजिप्टका फुटबल संघका अहम्मद मेगाहेदले गरेका थिए ।
अब भने सलाह ओलम्पिक हुँदै गर्दा लिभरपुलसँग प्रि–सिजनमा व्यस्त रहनेछन् । यदि उनी टोकियो जाने भएको भए लिभरपुलसँगको प्रि–सिजन गुमाउने थिए भने इंग्लिस प्रिमियर लिगका सुरुवाती तीन खेलमा पनि अनुपस्थीत रहनेछन् ।
ओलम्पिकमा जान रोके पनि लिभरपुलले सलाहलाई अफ्रिका कप अफ नेसन्समा सहभागी हुनबाट भने रोक्नसक्ने छैन । अफ्रिका कप अफ नेसन्स जनवरी ९ बाट फेब्रुअरी ६ सम्म आयोजना हुनेछ ।

सिरिजको अन्तिम खेलमा स्कटल्याण्डसँग नेपाल पराजित

स्कटल्याण्डले दियो नेपाललाई १९४ रनको लक्ष्य
सिरिज जित्ने लक्ष्यका साथ नेपाल र स्कटल्याण्ड आज अन्तिम खेल खेल्दै

फिफा क्लब विश्वकपमा एट्लेटिको मड्रिडको पहिलो जित
नेदरल्याण्ड्सविरूद्ध नेपालको शानदार जित

एकल कातामा एलिनालाई स्वर्ण
स्कटल्याण्डलाई हराउँदै नेपाल दुई विकेटले विजयी

प्रतिक्रिया