कृषि एक्स्पो गढीमाईमा दैनिक ४ हजार बढीले अवलोकन

काठमाडौँ- बारामा चलिरहेको ‘कृषि एक्स्पो गढीमाई–२०८१’ मेलामा अवलोकनकर्ताहरुको भिड लागेको छ । प्रत्येक पाँच वर्षमा लाग्ने गढीमाई मेला हर्न आउने अवलोकनकर्ताहरुको भिड बढेको हो । तराईका किसानलाई प्रविधि
र बजारसँग जोड्ने उद्देश्यले किसान, व्यवसायी, कृषि विज्ञ, सरकारी निकाय र कृषिसँग सरोकार राख्नेहरुलाई एकै ठाउँमा जमघट गराउन एक्स्पो आयोजना गरिएको छ ।
कनेक्ट किसानको आयोजनामा मंसिर १८ देखि २४ मंसिरसम्म चल्ने एक्स्पोको उप – प्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले समुद्घाटन गरेका थिए । १८ गते देखि सुरु भएको मेलामा मेला अवलोकन गर्ने अवलोकनकर्ताहरुको भिड लाग्न थालेको छ ।
एक्स्पोमा देशभरिबाट उद्यमी अनुसन्धानकर्ता, विद्यार्थी, संघ÷संस्थाका प्रतिनिधिलगायत कृषकहरुको वाक्लो उपस्थिति रहेको मेला संयोजक सञ्चिता लामिछानेले बताए । उनले विगतमा धार्मिक मेलाहरु मात्रै हुने बारामा कृषि मेलाले छुट्टै रौनकता छाएको बताए ।
उनले मेला अवलोकन गर्न हरेक दिन ४ हजार अवलोकन कर्ता मेलामा आएको बताए । उनले एक्स्पोमा २ लाख बढीले अवलोकन गर्नुका साथै ५ करोड रुपैयाँ भन्दा बढीको आर्थिक कारोबार हुने लक्ष्य रहेको बताए ।
उहाँले अवलोकनकर्ताको भिड बढेसँगै उक्त लक्ष्य पुरा हुने आशा जगाएको बताए । उनले एक्स्पोमा १ सय २५ भन्दा बढी स्टलहरु रहेको बताए । मेलामा अवलोकनकर्ताहरुले कृषिमा भित्रिएको नविनतम प्रविधिदेखि मल, बीउ, परामर्श सबै एकै ठाउँबाट प्राप्त गर्न सक्नेछन् ।
एक्स्पोको प्रमुख आर्कषणमा कृषि सेमिनार रहेको छ, जहाँ किसानहरुले विज्ञहरुसँग निःशुल्क परामर्श लिनुका साथै भलाकुसारी गर्ने अवसर समेत रहने लामिछानेले बताइन् । उक्त एक्स्पोमा कृषिका विभिन्न विधाहरु कुखुरापालन, माछापालन, बाख्रापालन, गाई – भैँसी पालन, डेरी लगायत कृषिका नविनतम औजार, उपकरण, केरा खेती, थोपा सिचाईं, विषादी रहित कृषि, इत्यादीका बारेमा जानकारी प्राप्त गर्न सकिने छ । मेलामा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

रामपुरमा बालीनालीमा छरेको विषादीले मौरी सखाप

उत्पादन घट्दा अण्डाको माग बढ्यो

भारतीय किसान आएर प्रतापपुरमा खरबुजा खेती

सर्लाहीमा बढ्न सकेन चैते धानखेती

झापामा गहुँ उत्पादनको क्षेत्रफल घट्दै, मकैमा किसानको आकर्षण
तीन हजार ३४ मेट्रिक टन तोरी उत्पादन

प्रतिक्रिया