आइतबार ३१ चैत, २०८१
Sunday, April 13, 2025

संसद्‌का दुई समितिको बैठक बस्दै

काठमाडौँ- संघीय संसद्‌का दुई वटा समितिको बैठक बस्दैछ ।

जसअनुसार राज्य व्यवस्था तथा सुशासन समिति तथा विधायन व्यवस्थापन समितिको बैठक बस्नेछ । 

राज्य व्यवस्थामा सङ्‍घीय निजामती सेवाको गठन, सञ्‍चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधन प्रस्तावकर्ता सांसदसँग छलफल हुनेछ, जुन बैठक दिनको २:१५ बजे बस्नेछ ।

उता, विधायन व्यवस्थापन समितिको संविधान अनुसार बन्न बाँकी कानूनहरूको अध्ययन उपसमितिको प्रतिवेदनमाथि छलफल हुने जनाइएको छ । जुन बैठक दिनको १:०० बजे बस्नेछ । 

दुवै समितिका बैठक सिंहदरबारस्थित संसद्‌ सचिवालयमा बस्नेछ ।