सत्तारूढ सांसद अनुपस्थित भए पछि अर्थ समितिको बैठक स्थगित

अन्तिम समयमा आएर अर्थ समितिको बैठक स्थगित भएको छ । बैठकमा कोरम नपुगे पछि सोमबारका लागि बोलाइएको प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको बैठक स्थगित भएको हो ।
आज बोलाइएको बैठकमा सत्ता पक्षीय सांसदहरूको उपस्थिति न्यून भए पछि बैठकका लागि गणपूरक सङ्ख्या नपुगेको संसद सचिवालयले जनाएको छ ।
आजको बैठकमा सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँग छलफल गर्ने कार्यतालिका रहेको थियो ।
बैठकमा अर्थमन्त्रीको समेत उपस्थिति हुने बताइए पनि कोरम नपुगे पछि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको हो ।

सार्वजनिक संस्थानः १५ घाटामा, दुई बन्द

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

प्रतिक्रिया