राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा गर्ने कारोबारलाई सुरक्षित गर्ने गरि कानुन निर्माण गर्न सांसदहरूको सुझाव

काठमाडौँ - सांसदहरुले कुनै व्यक्ति तथा निकायबाट राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा गर्ने कारोबारलाई सुरक्षित गर्ने गरि कानुन निर्माण गर्नुपर्ने सुझाव दिएका छन् ।
मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० माथि परेका संशोधनमाथिको छलफलका क्रममा उनीहरूले सुरक्षित कारोबारका सम्बन्धमा एकीकृत कानुनी व्यवस्था गरी चल, तथा अमूर्त सम्पत्ति उपरको दायित्व परिपालनामा जोड दिनुपर्ने समेत बताएका थिए ।
उक्त विधेयकमा ६ जना सांसदको संशोधन प्रस्ताव परेको छ । बैठकमा संशोधनकर्ता सांसद माधव सापकोटाले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा कुनै व्यक्ति तथा निकायबाट गरिने सबै किसिमका कारोबार सुरक्षित रहे–नरहेको यकिन गर्नेगरी विधेयक संशोधन गरिनुपर्ने सुझाव दिए ।
त्यस्तै अर्का संशोधनकर्ता सांसद सोविता गौतमले चल, अचल र अमूर्त सम्पत्तिलाई समेत धितो सम्पतिको रूपमा व्यवस्था विधेयकमा नै गर्नुपर्ने धारणा राखे ।
बौद्धिक सम्पतिलाई समेत धितोको रूपमा परिभाषित गर्न सके साना व्यवसायहरूलाई वित्तीय पहुँच पुर्याउन मद्दत पुग्ने उनले बताए ।
अर्थ मन्त्रालयले २०८० साल फागुन ४ गते उक्त विधेयक राष्ट्रिय सभामा दर्ता गरेको थियो ।
विधेयकले घर, जग्गाबाहेक चल सम्पत्ति पनि धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन सकिने गरी व्यवस्था गरेको छ ।

तीन वटा संसदीय समितिको बैठक बस्दै

तीन समितिको बैठक बस्दै, राज्य व्यवस्था समितिमा गृहमन्त्री लेखक जाने

६ वटा संसदीय समितिको बैठक बस्दै

प्रतिनिधिसभाको अन्तिम बैठक बस्दै, तीन विधेयक पारित गराउने तयारी

आजबाट संसद्को हिउँदे अधिवेशन अन्त्य हुने

माओवादीले देशलाई संविधान र कानुनविहिन बनाउन लागेको होः भट्टराई

संसद् बैठक आज, दुई दिनदेखि अवरूद्ध संसद् चल्ला ?

प्रतिक्रिया