योनेक्स सनराइज नेपाल इन्टरनेशनल च्यालेन्ज हुने

काठमाडौँ - नेपाल ब्याडमिन्टन संघको आयोजनामा योनेक्स सनराइज नेपाल इन्टरनेशनल च्यालेन्ज–२०२४ प्रतियोगिता हुने भएको छ ।
ब्याडमिन्टन संघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै योनेक्स सनराइज नेपाल इन्टरनेशनल च्यालेन्ज–२०२४ पुस ८ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने जानकारी दिएको हो ।
यस्तै पुस १२ गतेदेखि पुस १४ गतेसम्म योनेक्स सनराइज नेपाल जुनियर इन्टरनेशनल सिरिज–२०२४ पनि सञ्चालन हुने संघले जनाएको छ । विश्व ब्याडमिन्टन महासंघ ब्याडमिन्टन एशियाको स्वीकृति तथा नेपाल ब्याडमिन्टन संघको आयोजनामा हुने प्रतियोगिता काठमाडौँस्थित त्रिपुरेश्वर कभर्डहलमा सञ्चालन गरिने बताइएको छ ।
प्रतियोगिताका लागि छनौट भएका आठ/आठ खेलाडीहरुले सहभागीता जनाउने संघका अध्यक्ष रामबहादुर श्रेष्ठले जानकारी दिए । सिनियरमा मेन्समा ९ पुरुष र ७ महिला तथा जुनियरमा ८÷८ जना महिला पुरुषको सहभागिता रहने उनले बताए ।
प्रतियोगितामा नेपालसहित भारत, अमेरिका, थाइल्याण्ड, सिंगापुर, बंगलादेश, भियतनाम, क्यानडा, मलेशिया लगायतका २२ वटा देशहरुको सहभागिता रहने छ । प्रतियोगिता ५ विधामा खेलाइनेछ । जसमा मेन्स सिंगल,वुमन्स सिंगल मेन्स डबल,वुमन्स डबल तथा मिक्स डबलमा आयोजना हुने संघले जनाएको छ ।

एन्फा साधारणसभामा गणेश थापामाथि रोक लगाएपछि प्ले कार्ड बाेकेर प्रदर्शन (भिडिय…

गणेश थापाका छोरा भन्छन्- अदालतको आदेश देखाउँदा पनि बुवालाई प्रवेश गर्न दिएनन्

भारतसँगको युद्ध तनाव, पाकिस्तानी लिगका बाँकी खेल अब युएईमा हुने

नेपाली महिला क्रिकेटले आज हङकङबिरूद्ध खेल खेल्दै

कात्तिके फुटबल क्लब इन्द्रेणी पोखरीले जित्यो ‘खोटेहाङ फुटबल कप–२०८२’ को उपाधि

पिएसजी युइएफए च्याम्पियन्स लिगको फाइनलमा

साउदी लिगमा अल नासर पराजित

प्रतिक्रिया