सेभियामाथि रियल म्याड्रिडको शानदार जित

काठमाडौँ- रियल म्याड्रिडले स्पेनिस ला लिगा अन्तर्गत महत्वपूर्ण जित हासिल गरेको छ । गएराति भएको खेलमा रियल म्याड्रिडले सेभियालाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।
रियल म्याड्रिडको जितमा किलीयन एम्बाप्पे, फेडेरिको भालभर्डे, रोड्रीगो र ब्राहिम डियाजले एक एक गोल गरेका थिए । त्यसैगरी सेभियाका लागि इसाक रोमेरो र डोडी लुकेबाकीले एक एक गोल गरेका थिए ।
यो जितपछि रियल म्याड्रिड ला लिगामा दोस्रो स्थानमा उक्लिएको छ । रियल म्याड्रिडको १८ खेलमा ४० अंक भएको छ र शिर्ष स्थानमा रहेको एटलेटिको म्याड्रिडभन्दा एक अंकले मात्र पछाडी रहेको छ ।
त्यस्तै बार्सिलोना भने एक खेल बढी खेलेर १९ खेलमा ३८ अंकसहित तेस्रो स्थानमा झरेको छ । त्यसैगरी सेभियाको भने १८ खेलमा २२ अंक रहेको छ र लिगमा १४औं स्थानमा रहेको छ ।

कार्लोस ६ गतेको एनएसएल क्वालिफायर खेलमा विशेष अतिथिको रूपमा सहभागी हुने

डर्टमन्डको पोस्टमा बार्सिलोनाको चार गोल

मोहम्मद सलाहको लिभरपुलका लागि २३४ गोल, क्लबमा रहन सम्झौता नविकरण गर्दै

आफ्नै भाइकी श्रीमतीसँग इंग्ल्यान्डका खेलाडीको ८ वर्षे गोप्य सम्बन्ध खुलासा भएपछि.…

हालान्ड घाइते भएपछि म्यानचेस्टर सिटी तनावमा

इटाली क्वार्टरफाइनलबाटै बाहिरियो

डेनमार्कलाई हराउँदै पोर्चुगल सेमिफाइनलमा

प्रतिक्रिया