रास्वपाद्वारा अनुशासन आयोगमा दुई र विभागमा तीन सदस्य मनोनयन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अनुशासन आयोगमा दुई र केन्द्रीय संगठन विभागमा तीन सदस्य मनोनयन गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अनुशासन आयोगमा दुई र केन्द्रीय संगठन विभागमा तीन सदस्य मनोनयन गरेको छ ।
पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालको सभापतित्वमा शुक्रबार बसेको केन्द्रीय सचिवालयको बैठकले केन्द्रीय अनुशासन आयोगमा अधिवक्ता कमलप्रसाद पोखरेल र अधिवक्ता हरिचन्द्र भट्टराईलाई मनोनयन गरेको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यसैगरी केन्द्रीय संगठन विभागमा धर्म केसी, गोपाल घिमिरे र विमल तिवारीलाई मनोनयन गरेको छ । बैठकले पार्टीको केन्द्रीय समितिको विस्तारित बैठक यही पुस १९, २० र २१ गते बस्ने निर्णय पनि गरेको प्रवक्ता झाले जानकारी दिए ।
आजको बैठकमा पार्टीका कार्यवाहक सभापति अर्याल र उपसभापति स्वर्णिम वाग्लेले समसामयिक राजनीतिक परिस्थितिबारे समीक्षा प्रस्तुत गरेका थिए । बैठकमा कार्यवाहक महामन्त्री कबिन्द्र बुर्लाकोटीले ६० जिल्लामा पार्टीको जिल्ला भेला सम्पन्न भएको विवरण पेस गरेका थिए ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया