एक क्रान्तिकारी नेता : विदेशमा जान नमानेर शिक्षण अस्पतालमा उपचार गराइरहेका मोहन वैद्य

काठमाडौँ- क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्यले विदेशमा उपचार गर्न अस्वीकार गरेका छन् ।
विगत १६ दिनदेखि शिक्षण अस्पतालमा उपचाररत वैद्यले विदेशमा उपचार गर्न अस्वीकार गरेको उनको उपचारमा सहयोगी भूमिका खेलिरहेका नेता हरिभक्त कँडेलले बताए ।
हरेक वर्ष दम बल्झिएपछि उपचारका लागि विदेश जाने शुभेच्छुकले दिएको सुझावलाई महासचिव वैद्यले अस्वीकार गरेको उनको भनाइ छ । ‘यहीँ नेपाल राम्रा र दक्ष चिकित्सकहरू हुनु हुँदो रहेछ, उपचारका लागि नै भनेर किन विदेश जानुपर्यो भनेर उहाँले कुरा गरेपछि यहीँ उपचार गरिरहेका छौं,’ उनले सञ्चारकर्मीसँग भने ।
दम बढेपछि उनी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा दुई हप्ता बढी समयदेखि उपचार गरिरहेका छन् । उनलाई दमसँगै निमोनिया देखिएपछि ५ दिनदेखि आईसीयूमा राखेर उपचार गरिरहेको कँडेलले जानकारी दिए । उनका अनुसार पार्टीले वैद्यको उपचारका लागि कँडेलको संयोजकत्वमा समिति नै गठन गरेर काम गरिरहेको छ ।
कडेँलका अनुसार उनको स्वास्थ्य अवस्थामा धेरै नै सुधार भइरहेको छ । उनका अनुसार यही अवस्था रहेमा चार–पाँच दिनपछि डिस्चार्ज गरिनेछ । डा. निरज बमको टिमले वैद्यको उपचार गरिरहेको छ ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया