स्पेनका मोराटा बने युरोका सर्वाधिक गोलकर्ता
काठमाडौँ : युरो फुटबलमा स्पेनका सर्वाधिक गोलकर्ता अल्भारो मोराटा बनेका छन् । मंगलबार राती भएको पहिलो सेमिफाइनलमा इटालीविरुद्ध एक गोल गरेका मोराटा युरोमा स्पेनका सर्वाधिक गोल कर्ता बनेका हुन् ।
उनले अहिलेसम्म ६ गोल गरेका छन् । यसअघि यो कीर्तिमान स्पेनका लागि फर्नान्डो टोरेसका नाममा थियो । उनले पाँच गोल गरेका थिए । मोराटाले यसै युरोकपमा टोरेसको रेकर्ड बराबरी गरेका थिए । इटालीविरुद्ध फाइनलसरह मानिएको पहिलो सेमिफाइनलमा ८० औँ मिनेटमा गोल गर्दै मोराटा स्पेनका लागि युरोका सर्वाधिक गोलकर्ता बनेका हुन् ।
तर पेनाल्टीमा गोल गर्न चुकेका उनी सर्वाधिक गोलकर्ता बन्दा स्पेन भने सेमिफाइनलबाटै घर फर्किएको छ । युरो फुटबलका सर्वाधिक गोलकर्ता भने पोर्चुगलका क्रिष्टियानो रोनाल्डो हुन् । यसपटक पाँच गोल गरेका उनले अहिलेसम्म कूल ११ गोल गरेर सर्वाधिक गोलकर्ताको कीर्तिमान आफ्नो नाममा लेखाएका हुन् ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया