काँग्रेसले स्वर्गीय नेताहरूको सम्मानमा विभिन्न खेलकुद प्रतियोगिताहरू गर्ने

काठमाडौँ - नेपाली कांग्रेसको भातृ संगठन नेपाल लोकतान्त्रिक खेलकुद संघले स्वर्गीय नेताहरूको सम्मानमा विभिन्न खेलकुद प्रतियोगिताहरू आयोजना गर्ने भएको छ ।
नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशक समितिले बिहीबार कांग्रेस पार्टी कार्यालय सानेपमा पत्रकार सम्मेलन गर्दै बिपी कोइराला, गणेशमान सिंहदेखि दुर्गानन्द झासम्मका ३६ नेताहरूको सम्मानमा फुटबल लगाएत बिभिन्न खेलकुद प्रतियोगिताहरू आयोजना गरेको जनाएको हो ।
त्यस्तै माघ १० देखि १७ गतेसम्म काठमाडौंको दशरथ रंशालामा सभापति कप फुटबल प्रतियोगिता हुने महाधिवेशन निर्देशक समितिका संयोजक मोहन बहादुर बस्नेतले जानकारी दिए । सभापति कपका विजेताले २६ लाख र उपविजेताले १३ लाख प्राप्त गर्ने र प्रतियोगितामा राष्ट्रिय स्तरका ए डिभिजन क्लबका साथै दुई विदेशी टोलीको समेत सहभागिता रहने उनले बताए । उनले अग्रजहरूको सम्मानमा खेलकुद प्रतियोगिताहरू आयोजना गरिएको जिकिर गरे ।
त्यस्तै तेक्वान्दो माघ १८–१९ मा कैलालीको धनगढीमा हुने बताइएको छ ।

गोधुली रनिङ कपको उपाधि धरान–१४ लाई

लिभरपुलको पुन: जित, ७३ अंकसहित पहिलो स्थानमा

आज आइपीएलका सबैभन्दा महँगा खेलाडी आमुने-सामुने हुने

एनसेल एनएसएल सिजन–३ सुरु, आज बुटबल लुम्बिनी एफसी र झापा एफसीबी भीड्दै

एन्फाको वार्षिक बजेट डेढ अर्ब

टिकटक बन्यो एनसेल नेपाल सुपर लिग सिजन ३ को अफिसियल इन्टरटेनमेन्ट पार्टनर

मुख्यमन्त्री कपकाे उपाधी गुल्मीलाई

प्रतिक्रिया