सिन्धुपाल्चोकमा कांग्रेसको प्रशिक्षण
सिन्धुपाल्चोक - भोटेकोशी गाँउपालिकामा नेपाली कांग्रेसका स्थानीय नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिइएको छ ।
नेपाली कांग्रेस नीति अनुसन्धान तथा प्रशिक्षण सिन्धुपाल्चोक शाखा प्रमुख दोर्जे लामाले कांग्रेसका नेता तथा कार्यकर्ताहरुको क्षमता अभिवृद्धिका लागि प्रशिक्षण दिइएको जानकारी दिएका छन् ।
करिब एक सय नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिइएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्य र नेपाल बिद्यार्थी संघका पूर्व महामन्त्री तथा केन्द्रीय नीति,अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य बलदेव तिमिल्सनाले प्रशिक्षण दिएका थिए ।
नेता तिमिल्सनाका अनुसार स्थानीय नेता तथा कार्यकर्तालाई नेतृत्व विकास, कांग्रेसको इतिहास, सिद्धान्त, निति तथा कार्यक्रम र उदेश्यजस्ता विषयवस्तुमा प्रशिक्षण दिइएको थियो । जिल्लामै स्थानीयस्तरमा प्रशिक्षण हुँदै गर्दा जिल्लाभर उत्साह छाएको उनले बताए ।
भोटेकोशी गापाबाट सुरु भएको यस प्रशिक्षण कार्यक्रम सम्पूर्ण स्थानीय तहभर गरिने र पालिकाले वडा तहमा लैजाने कार्ययोजना रहेको नीति अनुसन्धान तथा प्रशिक्षण सिन्धुपाल्चोक शाखाले जनाएको छ ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया