सुशासन समितिमा सभापतिले बोल्न नदिएको भन्दै सांसद थानी आक्रोशित

काठमाडौँ - संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा सभापतिले बोल्न नदिएको भन्दै सांसद हृदयराम थानी आक्रोशित भएका छन् ।
सोमबार सिंहदरबारमा बसेको समिति बैठकमा सांसद थानी बोल्दै गर्दा समिति सभापति रामहरि खतिवडाले रोकेपछि विवाद भएको हो ।
बैठकमा सांसद थानीले समितिमा धेरै विधेयकमाथि छलफल गर्न बाँकी रहँदा धेरै उजुरीहरू छलफलका लागि किन ल्याएको भन्दै प्रश्न गरेका थिए ।
सो क्रममा सभापति खतिवडाले रोक्न खोजेपछि थानी आक्रोशित भएका हुन् । उनले आफू बोल्न खोज्दा सधैँ सभापतिले रोक्न खोजको भन्दै आपत्तिसमेत जनाए । थानीले आफू संयोजक रहेको उपसमितिको प्रतिवेदन समेत थन्काएर राखिएको उल्लेख गरे ।
सभापति खतिवडाले सबैको सहमतिमा विधेयक अघि लैजाने भन्दै सांसद थानीलाई बोल्न आग्रह गरेका थिए । तर सांसद थानीले भने सभापतिको कार्यशैलीको विरोध गर्दै आफ्नो भनाइ अघि बढाउन अस्वीकार गरेका थिए ।

तीन वटा संसदीय समितिको बैठक बस्दै

तीन समितिको बैठक बस्दै, राज्य व्यवस्था समितिमा गृहमन्त्री लेखक जाने

६ वटा संसदीय समितिको बैठक बस्दै

प्रतिनिधिसभाको अन्तिम बैठक बस्दै, तीन विधेयक पारित गराउने तयारी

आजबाट संसद्को हिउँदे अधिवेशन अन्त्य हुने

माओवादीले देशलाई संविधान र कानुनविहिन बनाउन लागेको होः भट्टराई

संसद् बैठक आज, दुई दिनदेखि अवरूद्ध संसद् चल्ला ?

प्रतिक्रिया