पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपति सक्रिय राजनीतिमा फर्कन लागेकामा बाबुरामको असहमति

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन पासाङ दलीय राजनीतिमा फर्किन थालेपछि पट्ठर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रश्न उठाएका छन् ।
नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका भट्टराईले संविधानको मुल मर्म विपरित पूर्वराष्ट्रपति र उपराष्ट्रपति राजनीतिमा आउनु सुखद सन्देश नभएको बताएका हुन् ।
‘पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपति आआफ्नै पूर्व पार्टीमा फर्केर क्रियाशील हुने कुरा वहाँहरू र वहाँहरूको पार्टीको मात्र सरोकारको विषय हैन, यो हामीले संघर्ष गरेर ल्याएको लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली र संविधानको मूल अन्तरवस्तुको रक्षा र विकासको विषय हो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘साथै वहाँहरू दुवै ‘कम्युनिस्ट’ पृष्ठभूमिबाट आउनु भएकाले वहाँहरू र वहाँहरूका पूर्व पार्टीहरू परम्परागत रूपमा पार्टी र राज्यलाई एउटै मान्ने एक दलीय प्रणालीका पक्षधर हुन् कि हाम्रै विशेषताको बहुदलीय प्रतिस्पर्धात्मक प्रणालीलाई अंगिकार गर्ने राजनीतिक शक्ति हुन् भन्ने परीक्षण गर्ने महत्वपूर्ण कसौटी पनि हो, त्यसैले यसबारे सम्बन्धित सबैको गम्भीर ध्यान पुगोस् ।’
पछिल्लो समयमा पूर्वउपराष्ट्रपति नन्द किशोर पुन नेकपा माओवादी केन्द्रको स्थायी कमिटी र केन्द्रीय समितिको बैठकमा उपस्थित हुन थालेका छन् भने पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पनि सक्रिय राजनीतिमा फर्कने चर्चाका बीचमा भट्टराईको यो टिप्पणी आएको हो ।

राजनीति बुझेको छु तर राजनीतिमा आउँदिन, सबैमा स्पष्ट होस् : प्रथम महिला शाक्य

केही नेपाल ऐन संशोधन गर्ने विधेयक स्वीकृत

अपाङ्गमैत्री रङ्गशाला निर्माण गरिनेछ : खेलकुदमन्त्री चौधरी

सिंहदरबारमा मेलम्चीको पानी वितरण सुरु

जलस्रोत विधेयक, २०८० प्रतिनिधिसभावाट बहुमतले पारित

एमालेबिरूद्द भ्रम छरिएको छ, चिर्न लाग्नुहोस्: ओली

‘प्रांगारिक प्रदेश’ बनाउने योजनासहित लुम्बिनीको नीति तथा कार्यक्रम सार्वजनिक

प्रतिक्रिया