नेपाल र चीनबीच कृषि तथा पर्यटन क्षेत्रमा भएको सहमतिले मुलुकमा समृद्धि ल्याउन मद्दत गर्छ - कृषिमन्त्री अधिकारी
काठमाडौँ - कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले नेपाल र चीनबीच कृषि तथा पर्यटन क्षेत्रमा भएको सहमतिले मुलुकको समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने बताएका छन् ।
नेपालको कृषि तथा पर्यटन विकासमा चीनको विआरआइ फ्रेमवर्कले पुराउने सहयोगका विषयमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री अधिकारीले नेपाल र चीनबीच भएका सहमतिले मुलुकको समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने भएकाले यसको कार्यान्वयनमा विशेष जोड दिने पनि बताए ।
उनले प्रधानमन्त्रीको चीन भ्रमणको समयमा नेपाल र चीनबीच राँगाभैंसीको मासु निर्यात गर्ने विषयमा भएको सम्झौताले नेपाल–चीनबीच पशुजन्य उत्पादनको व्यापार सहजीकरणमा महत्वपूर्ण हुने धारणा राखे ।
पशुपञ्छीमा देखिने खोरेत रोगमुक्त क्षेत्र घोषणाका लागि इलामबाट काम सुरु भइसकेको र अन्य जिल्लामा विस्तार गरिने उनले बताए । उनले बनस्पति निर्यातका लागि चीनको भन्सारसंग समन्ँवय गरिएको जानकारी दिए ।
त्यस्तै नेपालका लागि चिनियाँ राजदूत छेन सोङले नयाँ प्रविधिको प्रयोग गर्दै विआरआइ फ्रेमवर्कका परियोजनाहरुलाई अघि बढाउने बताए । मुलुकको पर्यटन क्षेत्रका बिकास पनि चीनले विभिन्न कार्यक्रमहरू अघि सारेको भन्दै उनले यसले दुई देशबीचको पर्यटन सम्बन्ध समेत विस्तार हुने बताए ।
कार्यक्रममा नेपाल–चाइना फ्रेन्डसिप फोरमका अध्यक्ष डा कल्याणराज शर्मा लगाएतले बिआरआईसँग सम्बन्धित लगानीले नेपाललाई पुराउने फाइदाका बारेमा चर्चा गरेका थिए ।

रामपुरमा बालीनालीमा छरेको विषादीले मौरी सखाप

उत्पादन घट्दा अण्डाको माग बढ्यो

भारतीय किसान आएर प्रतापपुरमा खरबुजा खेती

सर्लाहीमा बढ्न सकेन चैते धानखेती

झापामा गहुँ उत्पादनको क्षेत्रफल घट्दै, मकैमा किसानको आकर्षण
तीन हजार ३४ मेट्रिक टन तोरी उत्पादन

प्रतिक्रिया