संघीयता कार्यान्वयनका लागि कोशी सरकारले बनाएका २४ वटा कानुनहरू संशोधन गर्नुपर्ने सुझाव

काठमाडौँ - संघीयता कार्यान्वयन तथा प्रदेश कानुन निर्माण सम्बन्धी कार्यदलले कोशी प्रदेश सरकारलाई प्रतिवेदन हस्तान्तरण गरेको छ ।
बुधबार विराटनगरमा प्रतिवेदन हस्तान्तरण गर्दै कार्यदलले संघीयता कार्यान्वयनका लागि तत्काल कोशी प्रदेश सरकारले बनाएका २४ वटा कानुनहरू संशोधन गर्नुपर्ने सुझाव दिएको छ ।
कोशी प्रदेश सरकारले बनाएको संघीयता कार्यान्वयन तथा प्रदेश कानुन निर्माण सम्बन्धी अध्ययन कार्यदलको प्रतिवेदनमा प्रदेशको एकल अधिकारमा रहेका २३ वटा कानुनहरू र संघ र प्रदेशको साझा अधिकारमा रहेका २० वटा कानुनहरू निर्माण गर्नुपर्ने उल्लेख छ ।
संघीयता कार्यान्वयन तथा प्रदेशलाई थप मजबुत र प्रभावकारी बनाउन कानुन निर्माणका साथै कार्यान्वयनमा जोड दिन पनि कार्यदलले सुझाव दिएको छ । कार्यदलको प्रतिवेदन हस्तान्तरण गर्दै कार्यदलका संयोजक चुडामणि आचार्यले प्रदेशहरूले राजनैतिक संघीयता प्राप्त गरेपनि प्रशासनिक र वित्तीय संघीयता अझै प्राप्त गर्न नसकेको जानकारी दिए ।
अध्ययन कार्यदलको प्रतिवेदन बुझ्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले संघीयता कार्यान्वयनमा देखिएको समस्या बुझ्न अध्ययन कार्यदल बनाइएको र प्रतिवेदनमा उल्लेख भएका सुझाव अनुसार २१ दिन भित्र आवश्यक कार्य गर्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई निर्देशन दिए । मुख्यमन्त्री कार्कीले आगामी प्रदेश सभा अधिवेशनमा आवश्यक कानुन निर्माण र संसोधनका लागि प्रक्रिया अघि बढाइने जानकारी दिए ।
त्यस्तै उनले संघीयता कार्यान्वयन सम्बन्धी प्रतिवेदन अन्य प्रदेशलाई समेत मार्गदर्शन बन्ने धारणा राखे । गत वैशाख २७ गते कोशी प्रदेश सरकारले आचार्यको संयोजकत्वमा ७ सदस्यीय संघीयता कार्यान्वयन तथा प्रदेश कानुन निर्माण सम्बन्धी कार्यदल गठन गरेको थियो । ३ महिनाको कार्यअवधि तोकिएकोमा ७ महिना पछि कार्यदलले प्रतिवेदन बुझाएको हो ।

सुशासन कायम गर्ने मुख्यमन्त्री शाहको प्रतिबद्धता

कोशी प्रदेशमा ढुक्क भएर लगानी गर्न प्रधानमन्त्रीको आग्रह

मधेस बालिका सम्मेलन–२०८२ सुरु

‘कोशी प्रदेश अब लगानीमैत्री गन्तव्य बन्छ’

काफ्लेगाउँमा क्रिकेट मैदान निर्माण सुरु

जै घाँस लगाउने किसानलाई प्रोत्साहन

किर्ते जालसाजी मुद्दामा नवराजपुरका पूर्व वडा अध्यक्ष प्रहरी नियन्त्रणमा

प्रतिक्रिया