मेलम्ची आँखा शिविरमा ८२ जनाको शल्यक्रिया, दृष्टि पुन:स्थापित

सिन्धुपाल्चोक- तिलगंगा आँखा प्रतिष्ठान र तिलगंगा सामुदायिक आँखा केन्द्र मेलम्चीको सहकार्य तथा मेलम्ची नगरपालिकाको समन्वय र सहयोगमा आँखा शिविर भएको छ । माघ २२ र २३ गते मेलम्चीमा आँखा शिविरमा ८४ जनाको शल्यक्रिया भएको छ ।
डा. प्रतिभा लामा जोशीको नेतृत्व र रमिता महर्जनको नेतृत्वमा शिविर भएको हो । ८० मोतियाबिन्दु प्रभावित आँखाको शल्यक्रिया गर्ने लक्ष्यले शिविर गरिएकोमा ८२ मोतियाबिन्दु प्रभावित आँखाको सफलतापूर्वक दृष्टि पुनःस्थापित गरिएको तिलगंगा सामुदायिक आँखा केन्द्र मेलम्चीका प्रमुख आशिष भट्टले जानकारी दिए । शिविरमा मोतियाविन्दुको शल्याक्रिया सँगै २ वटा मासु पलाएको शल्यक्रिया गरी कुल ८४ वटा शल्यक्रिया सम्पन्न भएको भट्टले जानकारी दिए ।
शिविरमा सहभागीहरूले आफ्नो दृष्टि पुनःप्राप्त गरेकोमा खुशी व्यक्त गरेका छन् । दृष्टि पुनःस्थापनापछि शारीरिक, मानसिक, सामाजिक र आर्थिक रूपमा ठूलो परिवर्तनको अनुभव भएको सहभागी टक्करकुमारी दुलालले बताए । पुनः प्राप्त दृष्टिले आफुहरुलाई आत्मनिर्भर बन्न, आफ्नो दैनिक जीवन सहज रूपमा संचालन गर्न, सामाजिक गतिविधिमा पुनःसक्रिय हुन, र आर्थिक रूपमा लाभदायक कार्यहरूमा संलग्न हुन सहयोग पुग्ने बिष्णुप्रसाद सापकोटाले बताए ।
गत साता मेलम्ची र दुवाचौर र इन्द्रावतीको नवलपुर र भिमटारमा छनौट शिविर गरि मोतियाविन्दुको शल्याक्रियागर्नुपर्नेको छनौट गरिएको थियो । मेलम्ची नगरपालिकाले शल्यक्रिया गराएका बिरामीहरूका लागि खाना व्यवस्था गरेको नगर प्रमुख आइतमान तामाङले जानकारी दिए।

सशस्त्र प्रहरीले गर्यो नारायणी नदीमा फसेका २२ जनाको सकुशल उद्धार

पौडी खेल्ने क्रममा डुबेर किशोरको मृत्यु

दूध अभावले ‘चितवन मिल्क’ बन्द
पर्यटकको पर्खाइमा तीन सय वर्ष पुरानो गाउँ ‘कुञ्छाल’

सवारी दुर्घटनामा तिमिल्सिनाको मृत्यु

पौडी पोखरीमा डुबेर महतोको मृत्यु, सँगै गएका ८ साथी पक्राउ

धुलिखेलमा करेन्ट लागेर मजदुरको मृत्यु

प्रतिक्रिया