संविधान संशोधनका नाममा जनतालाई झुक्काउने प्रयास भयो - भीम रावल

काठमाडौँ - नेकपा एमालेका पूर्व नेता भीम रावलले संविधान संशोधनका नाममा जनतालाई झुक्काउने प्रयास भइरहेको बताएका छन् ।
राष्ट्रिय एकता दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा रावलले संविधान संशोधनका लागि भन्दै सरकार बनाउने र संशोधनको काम भने २०८७ सालमा गर्ने तयारीले जनतालाई झुक्काउने काम भएको बताएका हुन् ।
उनले जनताको आँखामा पट्टी लगाएर आफूमात्र सर्वज्ञाता बन्न खोज्ने देशको शासक हुन नसक्ने धारणा राखे । रावलले सरकार सञ्चालन गर्ने र महत्वपूर्ण पदमा बस्नेहरुले देशलाई आफ्नो हित अनुकूल प्रयोग गरेको आरोप समेत लगाए ।
उनले देशभक्तको बलिदानको आडमा भ्रष्टाचारको खेतीहरू मौलाइरहेको भन्दै देशभक्तले मुलुकमा स्थापित गरेको जगलाई भत्कन नदिन एक भइ डटेर सामना गर्नुपर्ने धारणा राखे ।

‘हिमालका जोखिमयुक्त बस्ती सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुपर्छ’

हुम्लामा हिमताल फुटदा कति भयो क्षति?

दैलेखको पेट्रोलियम पदार्थको उत्खनन आफनै पालामा सुरू भएको प्रचण्डको दावी

हुम्लामा फुटयाे हिमताल, बस्ती जोखिममा परे पछि उद्दार गर्न प्रचण्डको आग्रह

राष्ट्रियसभा बैठकमा चलचित्र बिधेयक पेश गरिने

संघीय संसदको एक समितिको बैठक बस्दै

प्रतिनिधिसभा बैठक बस्दै, चार मन्त्रीले जवाफ दिने

प्रतिक्रिया