एकता दिवस मनाउन हीनताबोध गर्नेहरूले राज्य सञ्चालन गर्न सक्दैनन् - अध्यक्ष लिङ्देन

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले एकता दिवस मनाउन हीनताबोध गर्नेहरूले राज्य सञ्चालन गर्न नसक्ने बताएका छन् ।
राष्ट्रिय एकता दिवसका सन्दर्भमा नेपाल प्राज्ञिक परिषद्ले बिहीबार काठमाडौंमा आयोजना गरेको बिचार गोष्ठीमा बोल्दै अध्यक्ष लिङ्देनले पृथ्वी जयन्ती तथा एकता दिवसको सरकारी तवरबाट कुनै कार्यक्रम आयोजना नगरेको भन्दै एकता दिवस मनाउन हीनताबोध गर्नेहरूले राज्य सञ्चालन गर्न नसक्ने बताएका हुन् ।
उनले हिनताबोधग्रस्त मानिसहरूलाई देशको जिम्मा दिएर देशको भविष्य सुरक्षित नहुने जिकिर गरे ।
पृथ्वी जयन्ती तथा एकता दिवसलाई क्यालेण्डरमा समावेश गर्न राप्रपाले सौदाबाजी गर्नु परेको उनले बताए । उनले नेपाल भन्ने देश बनाएकै कारण राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री लगायत विभिन्न पदमा पुग्ने अवसर प्राप्त भएको कुरा नभुल्न सुझाव दिए । उनले देशको निर्माणमा पृथ्वीनारायण शाहको नेतृत्व र पुर्खाको योगदान रहेपनि पछिल्लो समय यसलाई गलत व्याख्या गर्ने र विभाजित गर्ने प्रयास भइरहेको बताए ।
ठूला भनिएका दलहरूको गलत क्रियाकलापका कारण देश जटिल भूराजनीतिक चक्रव्यूहमा फस्न पुगेको उनले बताए ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया