बिहीबार २१ चैत, २०८१
Thursday, April 03, 2025

हिमालयन शेर्पालाई हराउँदै सातदोबाटो विजयी

काठमाडौं - एन्फा युथ लिगमा सातदोबाटो युथ क्लबले विजय हासिल गरेको छ ।

मंगलबार हिमालयन शेर्पा क्लब विरुद्ध १–० को विजय हासिल गरेको हो ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा भएको खेलमा आयुश खड्काले गरेको एक मात्रै गोल सातदोबाटोको जितमा निर्णायक बन्यो । उनले दोस्रो हाफको ६६औं मिनेटमा गोल गरेका थिए ।

यो जितसँगै सातदोबाटोले चार खेलबाट ६ अंक जोड्न सफल भएको छ भने पराजित हिमालयन शेर्पा भने समान ४ खेलबाट १ अंकमा सीमित रहेको छ ।