मोरक्कोमा मारिँदैछ ३० लाख सडक कुकुर

मोरोक्को- सहरलाई सुन्दर बनाउने र त्यसको अवस्था सुधार्ने धेरै तरिका हुन सक्छ तर उत्तर अमेरिकी देश मोरक्कोमा ३० लाख सडक कुकुर मारिने भएका छन्। मोरक्कोले आफ्ना सहरहरूको रूप सुधार्न ३० लाख आवारा कुकुरहरूलाई मार्ने विचार गरिरहेको जनाइएको छ।
यो सफाई प्रयासले पशु अधिकारकर्मीहरूमा आक्रोश पैदा गरेको छ। मोरक्कोमा हरेक वर्ष ३ लाख सडक कुकुर मारिने गरेको रिपोर्टले देखाउँदै आएको छ । मोरक्कोले २०३० फिफा विश्वकप आयोजना गर्दैछ। मोरक्कोलाई सह आयोजक घोषणा गरे पछि सडक कुकुर मार्ने यो प्रक्रियाले थप गति पाएको जनाइएको छ ।
हरेक चार वर्षमा विश्वकपले संसारलाई बाँध्छ । विश्वको हरेक कुनाबाट अरबौं प्रशंसकहरूलाई आकर्षित गर्दछ तर मोरक्कोमा क्रूर सडक सफाई अभियानमा ३ लाख कुकुरहरू मारिइ सकेका छन्। फिफा फुटबल प्रतियोगिता मात्रै होइन, यो विश्वभरका मानिसहरूलाई जोड्ने सांस्कृतिक कार्यक्रम पनि हो।
यो खेल प्रशंसकहरूका लागि भावनात्मक यात्रा हो, जो यसलाई प्रत्यक्ष वा अन्य कुनै माध्यमबाट हेर्न उत्सुकतापूर्वक पर्खिरहेका छन्। खेलसँग यति धेरै भावना र जोश जोडिएको कार्यक्रम निर्दोष रूपमा सम्पन्न होस् भन्ने सुनिश्चित गर्न आयोजक राष्ट्रहरूमा ठूलो जिम्मेवारी हुनेछ । तर, मोरोक्कोले भने ३० लाख कुकुर मारिने भए पछि पशु अधिकारकर्मीले आपत्ति जनाएका छन् ।

लखनउमा बस आगलागी, जलेर पाँच जनाको मृत्यु

जेलेन्स्की टर्की पुग्दा पुटिन भने मस्कोमा नै

चीनले पाकिस्तानी वैज्ञानिकलाई पनि अन्तरिक्षमा सँगै लैजाने

युक्रेनका कारण फ्रान्स तेस्रो विश्वयुद्ध चाहँदैन : म्याक्रोन

गाजाका अस्पतालहरूमा प्रसूति सेवा गम्भीर रूपमा प्रभावित : संयुक्त राष्ट्रसंघ
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_OnFBH6FGnd_erv23q1ls1qr2tiuipkbtkfm8fkkiu1z8morhnwgkq9loqls5xehsh7hxivl.jpg)
अप्रिलयता सोमालियामा बाढीबाट ८४ हजारभन्दा बढी प्रभावित
वैश्विक दबाबका कारण जर्मन अर्थतन्त्र सन् २०२५ मा सङ्कुचित हुने : अध्ययन

प्रतिक्रिया