यी हुन कम समय काम गर्दा पनि धेरै तलब दिने देश, डेनमार्क पहिलो

काठमाडौँ- डेनमार्कबाट एउटा अचम्मको खबर बाहिर आएको छ ।
डेनमार्क कार्य जीवन सन्तुलनमा विश्वका शीर्ष पाँच देशको सूचीमा परेको छ । राम्रो काम जीवन सन्तुलनका आधारमा विश्वका शीर्ष पाँच देशमा परेको डेनमार्कमा १.१ जनाले मात्र हप्तामा ५० वा सोभन्दा बढी घण्टा काम गर्नुपर्छ ।
आर्थिक सहयोग तथा विकास संगठनको तथ्यांकअनुसार ५० घण्टाभन्दा बढी काम गर्नेको विश्वव्यापी औसत १०.२ प्रतिशत रहेको छ ।
डेनमार्कका मानिसहरूले वर्षमा औसत १ हजार ३८० घण्टा काम गर्छन्। डेनमार्कमा राम्रो कामको जीवन सन्तुलनको मुख्य कारण विश्वास हो । डेनमार्कको कार्य संस्कृतिको बारेमा गेब्रियल होस भन्छन्, ‘यस देशमा वरिष्ठ अधिकारीहरूलाई कर्मचारीहरूमा पूर्ण विश्वास छ ।’
त्यहाँ कर्मचारीले दिनमा कति घण्टा काम गर्छन् भन्ने कुरामा अधिकारीलाई चासो हुने छैन तर कर्मचारीले जति घण्टा काम गरे पनि आफ्नो काम पूरा भयो वा गरेन भन्ने मात्रै चिन्ता रहने गरेको छ । यस्तो अवस्थामा त्यहाँ उपस्थित कर्मचारीहरूले पनि आफ्नो जिम्मेवारी बुझ्छन् । र, डेनमार्क एउटा अचम्मको राज्य हो, जहाँ कम्पनीहरूले कामबाट निकालिएका कर्मचारीहरूलाई क्षतिपूर्ति दिनुपर्छ ।
जसअनुसार डेनमार्कहरूले कामको प्रति घण्टा ७५ कमाउँछन्, जुन मेक्सिकोको २० डलरभन्दा ५० डलर बढी हो ।
अमेरिकामा कम्पनीहरूले एक घण्टाको कामको लागि औसत ७२ डलर तिर्छन् ।
भुटानमा औसत कर्मचारीले हप्तामा ५४.४ घण्टा काम गर्छ भने युएईमा यो संख्या ५०.९ घण्टा छ ।
कंगो र कतारमा पनि यो संख्या ४८ घण्टाभन्दा माथि रहेको छ ।
यद्यपि माइक्रोनेसिया, भानुआटु किरिबाटी र माइक्रोनेसिया जस्ता देशहरूमा कामदारहरूले प्रतिहप्ता औसत ३० घण्टाभन्दा कम काम गर्छन् ।

लखनउमा बस आगलागी, जलेर पाँच जनाको मृत्यु

जेलेन्स्की टर्की पुग्दा पुटिन भने मस्कोमा नै

चीनले पाकिस्तानी वैज्ञानिकलाई पनि अन्तरिक्षमा सँगै लैजाने

युक्रेनका कारण फ्रान्स तेस्रो विश्वयुद्ध चाहँदैन : म्याक्रोन

गाजाका अस्पतालहरूमा प्रसूति सेवा गम्भीर रूपमा प्रभावित : संयुक्त राष्ट्रसंघ
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_OnFBH6FGnd_erv23q1ls1qr2tiuipkbtkfm8fkkiu1z8morhnwgkq9loqls5xehsh7hxivl.jpg)
अप्रिलयता सोमालियामा बाढीबाट ८४ हजारभन्दा बढी प्रभावित
वैश्विक दबाबका कारण जर्मन अर्थतन्त्र सन् २०२५ मा सङ्कुचित हुने : अध्ययन

प्रतिक्रिया